दर्शकसँग चिनाउने निर्देशकसँग १० वर्षपछि दोस्रो सहकार्य गर्दै प्रदीप « Khabarhub

दर्शकसँग चिनाउने निर्देशकसँग १० वर्षपछि दोस्रो सहकार्य गर्दै प्रदीप


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक प्रदीप खड्का र निर्देशक सुदर्शन थापाले फेरि एक पटक सहकार्य गर्ने भएका छन् ।

सुदर्शनको निर्देशन रहने फिल्म ‘शुभ विवाह’को शीर्ष नायकमा प्रदीप अनुबन्ध भएका हुन् । निर्माण पक्षले बुधबार प्रदीपसँग सम्झौता भएको सार्वजनिक गरेको हो ।

निर्माण पक्षले गत वर्ष नै प्रदीपसँग सम्झौता भएको बताएको छ । फिल्मको नाम फाइनल भएपछि यो कुरा सार्वजनिक गरिएको बुझिएको छ ।

निर्माण पक्षका अनुसार यस फिल्मका लागि नायिका चयनको काम भने बाँकी नै छ ।

प्रदीप र सुदर्शनले फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए । यो वि.सं २०७२ फागुनमा प्रदर्शनमा आएको थियो । प्रदीप यही फिल्मबाट उदाएका नायक हुन् ।

१० वर्षपछि उनीहरु फेरि सहकार्यका लागि तयार भएका हुन् ।

निर्देशक थापाका अनुसार ‘शुभ विवाह’ पारिवारिक प्रेम कथामा बन्ने फिल्म हो ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ५ : ३९ बजे

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,