दर्शकसँग चिनाउने निर्देशकसँग १० वर्षपछि दोस्रो सहकार्य गर्दै प्रदीप « Khabarhub

दर्शकसँग चिनाउने निर्देशकसँग १० वर्षपछि दोस्रो सहकार्य गर्दै प्रदीप


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक प्रदीप खड्का र निर्देशक सुदर्शन थापाले फेरि एक पटक सहकार्य गर्ने भएका छन् ।

सुदर्शनको निर्देशन रहने फिल्म ‘शुभ विवाह’को शीर्ष नायकमा प्रदीप अनुबन्ध भएका हुन् । निर्माण पक्षले बुधबार प्रदीपसँग सम्झौता भएको सार्वजनिक गरेको हो ।

निर्माण पक्षले गत वर्ष नै प्रदीपसँग सम्झौता भएको बताएको छ । फिल्मको नाम फाइनल भएपछि यो कुरा सार्वजनिक गरिएको बुझिएको छ ।

निर्माण पक्षका अनुसार यस फिल्मका लागि नायिका चयनको काम भने बाँकी नै छ ।

प्रदीप र सुदर्शनले फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए । यो वि.सं २०७२ फागुनमा प्रदर्शनमा आएको थियो । प्रदीप यही फिल्मबाट उदाएका नायक हुन् ।

१० वर्षपछि उनीहरु फेरि सहकार्यका लागि तयार भएका हुन् ।

निर्देशक थापाका अनुसार ‘शुभ विवाह’ पारिवारिक प्रेम कथामा बन्ने फिल्म हो ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ५ : ३९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको