मोदी-ट्रम्प फोनवार्ता : अपरेशन ‘सिन्दूर’देखि इजरायल-इरान युद्धबारे कुराकानी | Khabarhub Khabarhub

मोदी-ट्रम्प फोनवार्ता : अपरेशन ‘सिन्दूर’देखि इजरायल-इरान युद्धबारे कुराकानी


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बुधबार करिब ३५ मिनेट लामो टेलिफोन वार्ता भएको छ । यस वार्तामा प्रधानमन्त्री मोदीले ‘अभियान सिन्दूर’ बारे राष्ट्रपति ट्रम्पलाई विस्तृत जानकारी दिएको बताइएको छ ।

भारतीय विदेश सचिव विक्रम मिस्रीका अनुसार वार्तामा प्रधानमन्त्री मोदीले अपरेशन सिन्दूरसँग सम्बन्धित विषयमा लामो कुराकानी भएको गरेको बताए ।

भारतले पाकिस्तानको आग्रहमा मात्रै युद्धविराम गरेको पनि मोदीले बताए । ‘भारतले कुनै पनि बेला तेस्रो पक्षको मध्यस्थता न अघिल्लो समयमा स्वीकारेको थियो न अब स्वीकार्नेछ’, मोदीले भनेका थिए ।

मोदीले अब भारतले आतंकवादी आक्रमणलाई ‘प्रोक्सी वार’ नभई सीधा युद्धको रूपमा हेर्ने बताउँदै ‘अपरेशन सिन्दूर’ अझै जारी रहेको उल्लेख गरेका थिए ।

विदेश सचिव मिस्रीका अनुसार राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीको विवरणलाई गम्भीरतापूर्वक सुनेका थिए । उनले आतंकवादविरुद्ध भारतको अभियानमा समर्थन जनाएका छन् ।

जी७ मा भेट हुन नसकेपछि फोनमा कुरा

जी७ सम्मेलनका क्रममा मोदी–ट्रम्पबीच भेट हुने भनिएको थियो । तर १७ जुनमा ट्रम्प आकस्मिक रूपमा अमेरिका फर्किनुपर्ने भएपछि त्यो सम्भव भएन। त्यसपछि ट्रम्पको आग्रहमा फोन वार्ता भएको थियो।

मोदीले ट्रम्पलाई २२ अप्रिलमा पहलगाम हमलापछि भारतले आतंकवादविरुद्ध कडा संकल्प लिएको बताए । त्यसैअनुसार ६–७ मे राति पाकिस्तान र पीओकेमा रहेका आतंकवादीका शिविरहरूलाई निशाना बनाइएको उनले बताए ।

मिस्रीका अनुसार ९ मेको राता अमेरिकी उपराष्ट्रपति जेडी भान्सले प्रधानमन्त्री मोदीलाई फोन गरेर पाकिस्तानले ठूलो हमला गर्नसक्ने सूचना दिएका थिए।
मोदीले जवाफमा भनेका थिए, यदि पाकिस्तानले हमला गर्‍यो भने भारतले दोब्बर जवाफ दिनेछ।

९–१० मेको राति पाकिस्तानी हमलाको जवाफमा भारतले कडा कारबाही गरेको बताइरहेको छ । पाकिस्तानका केही फौजी एयरबेसहरूलाई लक्षित बनाइएको थियो। यिनै कारबाहीपछि पाकिस्तानले सैन्य अभियान रोक्न अपिल गर्नु परेको भारतको दाबी छ ।

ट्रम्पले हालसम्म १३ पटक भारत–पाकिस्तानबीचको युद्ध रोकिएको श्रेय आफूलाई दिइसकेका छन्। उनले बारम्बार यदि हस्तक्षेप नगरेको भए यो लडाइँ परमाणु युद्धमा परिणत हुन सक्ने बताइरहेका छन् ।

मोदीले ट्रम्पलाई भारत–अमेरिका व्यापार सम्झौता वा अमेरिकामार्फत् कुनै मध्यस्थताबारे कहिल्यै कुनै छलफल नभएको बताएका थिए । युद्धविरामसम्बन्धी छलफल भारत र पाकिस्तानका सैन्य अधिकारीहरूबीच सीधा संवादमार्फत भएको उनले बताए ।

वार्ताको अन्त्यमा, मोदीले ट्रम्पलाई क्वाड बैठकका लागि भारत भ्रमणको निम्तो दिए। ट्रम्पले निमन्त्रणा स्वीकार गर्दै भारत आउन इच्छुक रहेको बताएका छन्।

मोदी–ट्रम्पबीचको फोन वार्तामा इजरायल–इरान द्वन्द्व र रुस–युक्रेन युद्धबारे पनि चर्चा भएको। दुवैजनाले युद्धरत पक्षबीच सीधा वार्तामार्फत मात्रै शान्ति सम्भव हुने निष्कर्ष निकालेका थिए ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १ : ०१ बजे

जनमत वरिष्ठ उपाध्यक्षसहितका नेताले मागे सीके राउतको राजीनामा

काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित केही नेताहरूले अध्यक्ष डा. सीके

मन्त्रीहरूले गरे आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण

काठमाडौं– सरकारका मन्त्रीहरूले जेन-जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको

आधा झुकाउने दिन सिन्धुलीका सीडीओले नै फहराएनन् झण्डा

सिन्धुली- जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार

रसुवा कारागारबाट भागेका ९१ कैदीबन्दी फर्किए

रसुवा– जेन-जी प्रदर्शनका क्रममा रसुवा कारागारबाट फरार ९७ कैदीबन्दीमध्ये ९१

असन-इन्द्रचोकमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– दशैँ नजिकिएसँगै असन-इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ