सुदूरपश्चिमका वनमन्त्री चौधरीलाई राजीनामा दिन मुख्यमन्त्रीको निर्देशन « Khabarhub

सुदूरपश्चिमका वनमन्त्री चौधरीलाई राजीनामा दिन मुख्यमन्त्रीको निर्देशन


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्री कमलबहादुर शाहले निर्देशन दिएका छन् ।

मुख्यमन्त्री शाह मन्त्री चौधरीको कार्यशैलीप्रति असन्तुष्ट थिए । बजेट निर्माणका क्रममा समेत मन्त्री चौधरीले आफूखुसी गरेको अनुभूति गरेका मुख्यमन्त्री शाहले तत्काल राजीनामा गर्न निर्देशन दिएको दाबी गरिएको छ ।

उनी नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ४ जेठमा मन्त्रीमा नियुक्त भएका भएका थिए । चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्रीले निर्देशन दिएको उनी निकट स्रोतले पनि बताएको छ।

मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री चौधरी आन्तरिक परामर्शमा जुटेका छन् । नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरूसँग उनी परामर्श गरिरहेका छन् । नाउपाका एक प्रदेश सभा सदस्यले मुख्यमन्त्रीले राजीनामा मागेको कुरा आएपनि कारण भने थाहा नभएको बताए ।

तर, रामेश्वर चौधरी कृषि मन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग जोडिएको विषयलाई लिएर मुख्यमन्त्रीले राजीनामा मागेको नाउपा निकट स्रोत बताउँछ । 

यो प्रकरणमा संलग्न कैलालीकी सुशीला खड्कासहितका केहीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । मन्त्रीलाई जानकारी लिन खोज्दा फोन सम्पर्क नभएको बताइएको छ। 

नाउपाका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले दिगो वन व्यवस्थापन कार्यविधिमा बनाउन आर्थिक लेनदेन गर्न योजना बनाएको प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि नाउपाले रामेश्वरलाई मन्त्रीमा पठाएको थियो । 

नाउपाका मन्त्री एकपछि अर्को विवादित बन्दै आएका छन् । उता मुख्यमन्त्री शाह अरु मन्त्रीसँगपनि बजेटको विषयलाई लिएर असन्तुष्ट बनेको उनी निकट श्रोत बताउँछ । भौतिक मन्त्रालयका योजनामा उनको बढी गुनासो रहेको श्रोतको दाबी छ। प्रदेशको बजेटमा यो पटक पनि कमिसनको खेल भएको आरोप मन्त्री, सचिवालय र कर्मचारीमाथि लागेको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : १३ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन