एमालेलाई आत्मसमीक्षा गर्न सुझाउँदै प्रकाश पौडेल भन्छन्- भोलि ‘मरेँ मरेँ’ भन्दा पनि कार्यकर्ताले साथ नदेलान् | Khabarhub Khabarhub

एमालेलाई आत्मसमीक्षा गर्न सुझाउँदै प्रकाश पौडेल भन्छन्- भोलि ‘मरेँ मरेँ’ भन्दा पनि कार्यकर्ताले साथ नदेलान्


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अनेरास्ववियुको २४ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार प्रकाश पौडेलले पछिल्लो समय नेकपा एमालेभित्र देखिएको संकटबारे गम्भीर टिप्पणी गरेका छन् ।

उनले पार्टीभित्र ‘आधिकारिक’ र ‘अनधिकृत’ भन्ने विभाजन सिर्जना गरिँदा समग्र संगठन कमजोर बन्दै गएको पनि बताएका छन् ।

पौडेलले सामाजिक सञ्जालमार्फत् पार्टी नेतृत्वप्रति कटाक्ष गर्दै लेखेका छन्, ‘आजभोलि हाम्रो पार्टीका नेताहरूले सार्वजनिक मञ्चमा बोलेको सुन्छु—पहिले सिट्ठी फुक्दा हजारौँ कार्यकर्ता भेला हुन्थे, तर आजभोलि त्यस्तो हुँदैन।’

उनले यदि यही प्रवृत्ति कायमै रहे भविष्यमा पार्टी संकटमा पर्दा कार्यकर्ताहरूले समर्थन गर्न नसक्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

‘अझै पनि यस्तै रवैया कायम राख्दै, आफ्नै कार्यकर्तालाई ‘आधिकारिक’ र ‘अनधिकृत’ भन्दै विभाजन गर्ने र स्वच्छ प्रतिस्पर्धाबाट वञ्चित गरिरहने हो भने भोलि ‘मरेँ मरेँ’ भनेर गुहार माग्दा पनि कार्यकर्ताहरू आउन रुचि राख्ने छैनन्,’ उनले उल्लेख गरेका छन्।

पौडेलले पार्टी नेतृत्वलाई आत्मसमीक्षा गर्न सुझाव दिएका छन्, ‘पार्टी संकटमा पर्दा गर्दन थापेका विचारको कलम बोकेका कार्यकर्ता भन्दैछन् — तपाईंहरू त नबदलिनुहोला, तर समय र कार्यकर्ताहरू भने फराकिलो सोच राख्दै, जनताको बहुदलीय जनवाद मान्दै आफैं सोच्ने र निर्णय गर्ने अवस्थामा पुगिसकेका छन्।’

उनको यस्तो अभिव्यक्तिलाई एमालेभित्र बढ्दो आन्तरिक असन्तोष र नेतृत्वप्रति असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ । बुधबार मात्रै एमाले उपाध्यक्ष विष्णु पौडेलले पहिले सिट्ठी फुकेको भरमा हजारौँको संख्यामा भेला हुने कार्यकर्ता अहिले बोलाउँदा पनि आउन छाडेको बताएका थिए ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : २१ बजे

दक्षिणी जापानमा भारी वर्षाले बाढीपहिरो, कयौँ बेपत्ता

टोकियो– जापानको दक्षिणी मुख्य टापु क्युशुमा भारी वर्षाले बाढी र

प्रदेश सरकारका निर्णयलाई पारदर्शी बनाइनेछ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारका हरेक निर्णयलाई

आगलागीबाट २ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

धनुषा– शहिदनगर नगरपालिका-२ मतौना बस्ने राम शरण यादवको घुम्ती पसलमा गए

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

डडेल्धुरा– अमरगढी नगरपालिका-१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१

ट्रम्प–पुटिन–जेलेन्स्की बैठक तय गर्न अमेरिका लागि परेको उपराष्ट्रपति भान्सको भनाइ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षीबीच यसै