क्यानाडामा मोदी र मर्जबीच भेटवार्ता « Khabarhub

क्यानाडामा मोदी र मर्जबीच भेटवार्ता


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मन चान्सलर फ्रिडरिख मर्जबीच भेटवार्ता भएको छ । क्यानाडामा आयोजित जी ७ को शिखर सम्मेलनको साइडलाइनमा दुई नेताबीच भेटवार्ता भएको हो ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले भेटवार्ताका क्रममा आफूहरुबीच प्रतिआतंकवाद र आतंकवादी गतिविधिमा हुने लगानीलाई निरुत्साहित गर्न सहकार्य गर्ने विषयमा छलफल भएको जनाएका छन् । त्यसबाहेक उनीहरुबीचको भेटवार्तामा रक्षा, लगानी, व्यापार, हरित ऊर्जा, प्रविधि, सुरक्षाजस्ता क्षेत्रमा सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको छ ।

गत मे महिनामा जर्मनीको चान्सलर भएयता दुई नेताबीच पहिलो पटक भेटवार्ता भएको हो । प्रधानमन्त्री मोदीले मर्जलाई चान्सलरमा निर्वाचित भएकोमा बधाई र सफल कार्यकालको शुभकामना समेत दिएको एएनआईले उल्लेख गरेको छ ।

भेटवार्ताका क्रममा मोदीले मर्जलाई भारत भ्रमणको निम्ता दिएको एएनआईले जनाएको छ । दुई नेताबीचको भेटवार्ताले २५ वर्ष लामो भारत–जर्मनी रणनीतिक साझभेदारी थप सुदृढ भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : ५३ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक