क्वाडको शिखर सम्मेलनमा सहभागी हुन ट्रम्प भारत आउने « Khabarhub

क्वाडको शिखर सम्मेलनमा सहभागी हुन ट्रम्प भारत आउने


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चारपक्षीय सुरक्षा संवाद (क्वाड) को आगामी शिखर सम्मेलनमा सहभागी हुन भारतको भ्रमण गर्ने भएका छन् । क्वाडको शिखर सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा यसै वर्षको अन्त्यतिर आयोजना हुँदैछ ।

क्यानाडामा आयोजित जी ७ को शिखर सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री मोदीले टेलिफोन संवादका क्रममा राष्ट्रपति ट्रम्पलाई भारत भ्रमणको निम्तो दिएको भारतीय विदेशसचिव विक्रम मिश्रीले जानकारी दिएका छन् । मिश्रीका अनुसार राष्ट्रपति ट्रम्प भारत भ्रमण गर्न उत्साहित छन् ।

क्वाडमा अमेरिका र भारतसँगै अष्ट्रेलिया र जापान पनि सदस्य छन् । हिन्द प्रशान्त क्षेत्रमा खुलापन, स्थीरता र समृद्धिको चाहनाअनुरुप यो समूहको स्थापना भएको हो ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ८ : ०७ बजे

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी