शुक्रबारको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शुक्रबारको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४३ पैसा र बिक्री दर १३८ रुपियाँ ०३ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ १२ पैसा र बिक्रीदर १५९ रुपियाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ०५ पैसा र बिक्रीदर १८४ रुपियाँ ८६, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपियाँ ७५ पैसा र बिक्रीदर १७१ रुपियाँ ५० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ७४ पैसा र बिक्रीदर ८९ रुपियाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ८१ पैसा र बिक्रीदर १०० रुपियाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ७९ पैसा र बिक्रीदर १०७ रुपियाँ २५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २४ पैसा र बिक्रीदर नौ रुपियाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १४ पैसा र बिक्रीदर १९ रुपियाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६४ पैसा र बिक्रीदर ३६ रुपियाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७० पैसा र बिक्रीदर ३७ रुपियाँ ८७ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४२ पैसा र बिक्रीदर ३७ रुपियाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३६ पैसा र बिक्रीदर ३२ रुपियाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८७ पैसा र बिक्रीदर नौ रुपियाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ०६ पैसा र बिक्रीदर १४ रुपियाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३२ पैसा र बिक्रीदर २१ रुपियाँ ४१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५१ पैसा र बिक्रीदर १७ रुपियाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ ५१ पैसा र बिक्रीदर ४५१ रुपियाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ ५१ पैसा र बिक्रीदर ३६६ रुपियाँ १० पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ९५ पैसा र बिक्रीदर ३५८ रुपियाँ ५१ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ५ : ३७ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज