रुट र बुमराह ब्याटिङ र बलिङ वरीयताको शीर्ष स्थानमा « Khabarhub

रुट र बुमराह ब्याटिङ र बलिङ वरीयताको शीर्ष स्थानमा


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेस्ट वरीयतामा ब्याटिङतर्फ इंग्ल्यान्डका जोए रुट तथा बलरमा भारतका जसप्रित बुमराह शीर्ष स्थानमा छन्। भारतसँगको दोस्रो टेस्टमा छाएपछि इंग्ल्यान्डका हेरी ब्रुकले रुटलाई पछि पारेका थिए।

तेस्रो टेस्टमा रुटले शतक प्रहार गरेपछि उनी फेरि शीर्ष स्थानमा उक्लेका हुन्। ब्रुक भने तेस्रो स्थानमा झरेका छन्। दोस्रो स्थानमा न्युजिल्यान्डका केन विलिम्सन छन्।

जमैकामा भएको लो स्कोरिङ खेलको पहिलो पारीमा ४८ रन प्रहार गरेका अस्ट्रेलियाका स्टेभन स्मिथ भारतका यशस्वी जयसवाललाई पछि पार्दै चौथो स्थानमा उक्लेका छन्। पहिलो पटक इंग्ल्यान्डसँगको टेस्टमा अर्धशतक प्रहार गर्न चुकेका जयसवालले पहिलो पारीमा १३ तथा दोस्रो पारीमा शून्य रन प्रहार गरेका थिए।

बुमराह भने यस अघि नै पहिलो वरीयतामा थिए। उनले इंग्ल्यान्डसँगको शृङ्खलामा १२ विकेट लिइसकेका छन्। दोस्रो टेस्टमा आराम गरेका उनले अन्य दुई टेस्टमा सो सफलता पाएका हुन्।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : ०३ बजे

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जा र अन्नपूर्ण गाउँपालिका– ६

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा