राप्रपाले अख्तियारमा ज्ञापन पत्र बुझाउँदै | Khabarhub Khabarhub

राप्रपाले अख्तियारमा ज्ञापन पत्र बुझाउँदै


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा ज्ञापन पत्र बुझाउँदैछ । 

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा आज दिउँसो अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुग्ने प्रचार विभाग प्रमुख मोहन बस्नेतले जानकारी दिए । सो टोली दिउँसो १ः०० बजे टंगाल पुग्नेछ ।

‘राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना भ्रष्टाचारका ठूला ठूला काण्डहरू सम्भव नै छैन। हामी भ्रष्टाचारका सबै काण्डहरूको शीघ्र अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन, आयोगको ध्यानाकर्षण गराउन र दबाब दिन केन्द्रीय कार्यालय टंगालमा पुग्नेछौँ। राप्रपाले भ्रष्टाचार विरुद्ध प्रदर्शन सहित आयोग समक्ष ज्ञापनपत्र पेश गर्नेछ,’ उनले भने ।

 उनका अनुसार गत असार १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सञ्चलन गर्ने निर्णय गरेको थियो ।

राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरू, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरूमा समेत चरणबद्ध रुपमा भ्रष्टाचार विरुद्धको दबाबमूलक अभियान सञ्चलन गर्नेछ।
 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ८ : १४ बजे

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र