छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–११ ऐठास्थित सुर्मा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलामा डुुबेर २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामीको मृत्यु भएको हो । उनीहरु बिहीबार दिउँसो पौने ३ बजे घरदेखि करिब ७ सय मिटर दक्षिण–पश्चिम रहेको सुर्मा खोलामा पौडी खेल्ने गएका बेला डुबेर बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा खोजी गर्दा दुवै जनालाई बेहोस अवस्थामा उद्धार गरेको थियो ।

उनीहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै बझाङ र बाजुरामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ केदारस्यु गाउँपालिका–५ बहोराडी बस्ने ५९ वर्षीया कमला बोहरा रहेकी छिन् । बिहीबार घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा अचानक चिप्लिएर करिब १०० मिटर तल खसेपछि उनी गम्भीर घाइते भएकी थिइन् ।

स्थानीयको सहयोगमा उनलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषित गरेका छन् । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यता बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँका ४१ वर्षीया वीरेन्द्र बोहराको मृत्यु भएको आफन्त टेकबहादुर धामीले बताएका छन् । स्थानीय बाग्याडोरा भीरमा वस्तुभाउलाई घाँस काट्ने क्रममा चिप्लिएर लडेका हुन् । गत असार ३१ गते बिहान घाँस काट्न गएका बोहरा फिर्ता नभएपछि परिवारले खबर गरेपछि मृत अवस्थामा फेला परेका हुन् ।

बोहराका श्रीमती, दुई छोरा र एक छोरी सहाराविहीन भएका छन् । गौमुल गाउँपालिकामा वर्षेनी स्थानीय भीरबाट लडेर ज्यान गुमाउन विवश छन् । वस्तुभाउ बढी पाल्ने र भीरपाखामा घाँस दाउरा गर्ने परिस्थितिले यस्ता घटना घट्ने गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १० : १९ बजे

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र