व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण | Khabarhub Khabarhub

व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको  व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि गत आर्थिक वर्षमा २४३ जना गर्भवतीलाई पोषण रकम प्रदान गरेको छ । 

गर्भवती पोषण कार्यक्रम (महिलासँग उपप्रमुख) अन्तर्गत जनही पाँच हजारका दरले २४३ लाई १२ लाख २५ हजार रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।

गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्ने उद्देश्यले रकमको व्यवस्था गरिएको उनले बताए। आर्थिक रूपमा कमजोर महिलालाई उक्त रकम प्रदान गरिएको हो। 

नगरपालिका क्षेत्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिना) स्वास्थ्य गरेको गर्भवतीलाई आठ महिनापछि पाँच हजार प्रदान गर्ने कानुनी व्यवस्था छ । 

यसैबीच, पालिकाले ५६ जनालाई अपाङ्गता र १२४ लाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको जनाएको छ । 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १० : ३० बजे

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र