जातीय पोशाकबाट आम्दानी « Khabarhub

जातीय पोशाकबाट आम्दानी


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– वनस्पति अनुसन्धान केन्द्र कैलालीअन्तर्गत रहेको देवहरिया वनस्पति उद्यानमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । प्राकृतिक हराभरा, तालतलैया, विभिन्न प्रजातिका जडीबुटीको उत्पादनलगायत मनोरमणीय दृष्ट्रिकोणले उक्त उद्यान निकै प्रख्यात मानिन्छ ।

उद्यानमा घुमघाम, रमाइलोका लागि दिनहुँ ठूलो सङ्ख्यामा पर्यटक आउने गर्दछन् । प्रायः गरेर यहाँका विभिन्न जातीय पहिचान झल्कने पोशाक लगाएर तस्वीर लिने पर्यटकको रोजाइमा पर्ने गर्दछ । उद्यानमा सोही पोशाक लगाएर फोटो खिचाउने पर्यटकबाट लिने शुल्कबाट स्थानीय रञ्जिता चौधरीले आम्दानी गर्दै आएकी छन् ।

चौधरीको पसलमा राना थारु, डगौँरा थारु, नेवार, ठकुरी, क्षेत्री, मगर, शेर्पा, तामाङलगायत करिब ३० जातिका विभिन्न संस्कृति झल्किले पोशाक फोटो खिच्नका लागि उपलब्ध छन् । वनस्पति उद्यानमा फोटो खिचाएको उहाँले प्रति घण्टाको रु १०० शुल्क लिने गरेकी छन् ।

‘एक घण्टाको रु १०० र समय थपसँगै शुल्क पनि थप लिने गरेको छु’, उनले भनिन्, ‘त्यसबाट महिनाको सबै खर्च कटाएर रु ३० हजार जति बचत हुने गरेको छ, सरकारी बिदा अर्थात् चाडपर्वका बेला अझै बढी कमाइ हुने गर्दछ ।’

उनलाई जातीय पोशाक सिलाउनमा रु चार लाख जति लगानी लागेको छ । एक जोर पोशाक सिलाउन रु पाँच हजार जति खर्च हुने गरेको उनको भनाइ छ । परिवारमा सासू, ससुरा, श्रीमान्, श्रीमती र छोरोछोरी गरी छ जना छन् । छोराछोरीको शिक्षाका साथै परिवारको सम्पूर्ण खर्च सोही व्यवसायले धान्दै आएको उनले बताइन्।

विगतमा आर्थिक अवस्था निकै नै कमजोर रहेकी चौधरीले अहिले यो व्यवसाय अगाँल्दै आएपछि जीवनस्तरसमेत सुध्रिएको बताइन् । धनगढीको देवरियास्थित वनस्पति उद्यानमा हाल आन्तरिकका साथै बाह्य पर्यटकसमेत आउने गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १२ : ०४ बजे

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि