कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन | Khabarhub Khabarhub

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलाली भन्सार कार्यालय धनगढीले आठ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असार मसान्तसम्मको एक वर्षको अवधिमा सो राजस्व सङ्कलन गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ मा कार्यालयको ११ अर्ब १६ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा आठ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ अर्थात् ७७ दशमलव ६७ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालले जानकारी दिए । 

उनका अनुसार भन्सार महसुलतर्फ तीन अर्ब २३ करोड ९९ लाख, मूल्य अभिवृद्धि करतर्फ तीन अर्ब २३ करोड १५ लाख, अन्तःशुल्कतर्फ २१ करोड ४४ लाख र अन्यतर्फ एक अर्ब ९८ करोड ३९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

सूचना अधिकारी अर्यालका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनमा ५७ करोड ५० लाख रुपैयाँ, भदौमा ५३ करोड ८४ लाख रुपैयाँ, असोजमा ६७ करोड २४ लाख रुपैयाँ, कात्तिकमा ६२ करोड ७८ लाख रुपैयाँ, मङ्सिरमा ८१ करोड १३ लाख रुपैयाँ र पुसमा ६५ करोड ८७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

त्यस्तै माघमा ७३ करोड दुई लाख रुपैयाँ, फागुनमा  ७२ करोड ७६ लाख रुपैयाँ, चैतमा ७८ करोड १४ लाख रुपैयाँ, वैशाखमा ८१ करोड ८० लाख रुपैयाँ, जेठमा ८७ करोड १३ लाख रुपैयाँ र असारमा ८५ करोड ६९ लाख राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेको थिएन । अघिल्लो आर्थिक वर्षमा रु ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व सङ्कलनको लक्ष्य रहेकामा  सात अर्ब ९१ करोड ८० लाख रुपैयाँमात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए । जुन वार्षिक लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै थियो ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १२ : २५ बजे

सरकारले बढाएको श्रमिकको न्यूनतम ज्यालाबारे नैनसिंह महरले भने- कागजी न्याय मात्रै

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारले हालै

बर्दघाट सुस्ता पूर्व दूधमा आत्मनिर्भर

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा गत आर्थिक वर्षमा ५० हजार

राज्यका निकायलाई प्रेस काउन्सिलको खबरदारी – पत्रकार आचार संहिताबारे आफैं निर्णय नलिनू

काठमाडौं– पत्रकार आचार संहिता र प्रेसस्वतन्त्रता प्रति आफैं निर्णय नललिन

केपीसँग चर्काचर्कीबारे वामदेवको दाबी- तपाईंलाई ढालेर माइन्युट खोस्छु, आगो लगाइदिन्छु भनेँ

काठमाडौं- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम चार वर्ष

नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि संशोधनकर्तासँग छलफल

काठमाडौं–  प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा