विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ  « Khabarhub

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ 


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल, सोभरिन स्कुल, मोडर्न इन्टरनेसनल स्कुल र हेरिटेज स्कुलमा अग्नि नियन्त्रक  र प्रहरी कर्मचारीहरू तैनाथ गरिएको जनाइएको छ । 

रिचमन्ड ग्लोबल स्कुलकी प्रिन्सिपल मौपाली मित्राले शुक्रबार बम राखिएको चेतावनी प्राप्त भएको इमेल प्राप्त भएको केही समयमै प्रहरीलाई सुचना गरेको बताएकी छन् । 

बम डिस्पोजल टोली र अन्य टोलीहरूको सहयोगमा विद्यालय परिसरमा विस्फोटक पदार्थको जाँच गर्दा सुरक्षित फेला परेको उनले बताइन् ।  

दिल्लीका २० भन्दा बढी विद्यालयहरूलाई इमेलमार्फत बमको चेतावनी आएको अधिकारीहरूले शुक्रबार बताएका हुन । 

पछिल्लो तीन दिनमा दिल्लीका करिब १० वटा विद्यालय र एउटा कलेजलाई इमेलमार्फत बम राखिएको चेतावनी प्राप्त भएको केही दिन पछि प्रहरी तैनाथ गरिएको वा सुरक्षाका लागि अस्थायी रूपमा विद्यालय बन्द गरिएको हो ।

प्रहरीका अनुसार चेतावनीमा भनिएको छ, ‘हेलो, मैले विद्यालयको कक्षाकोठामा धेरै विस्फोटक उपकरणहरू राखेको छु । विस्फोटकहरू कालो प्लास्टिकको झोलामा छन् म तिमीहरू प्रत्येकलाई यस संसारबाट बिदा गर्नेछु ।’

चेतावनीमा भनिएको छ, ‘त्यहाँ केवल आमा बाबुले उनीहरूका बच्चाहरूको मृत शरीरमाथि विलाप गरिरहेका हुनेछन्, जब म यो समाचार देख्नेछु,  खुसीले हाँस्नेछु। त्यहाँ केवल आमा बाबुले उनीहरूका बच्चाहरूको मृत शरीरमाथि विलाप गरिरहेका हुनेछन् । यो समाचार पछि म आत्महत्या गर्नेछु ।’

दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशीले सामाजिक सञ्जाल एक्समार्मत शुक्रबार दिल्लाीका विद्यालयलाई बमको धम्कीपछि चिन्ता गर्दै विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न नसकेकोमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) सरकारको आलोचना गरिन् ।  

अधिकारीहरूका अनुसार थोमस स्कुल, वसन्त भ्याली स्कुल, द मदर इन्टरनेसनल स्कुल, रिचमन्ड ग्लोबल स्कुल र सरदार पटेल विद्यालयमा विस्फोटक पदार्थ राखिएको चेतावनी दिइएको छ ।

यसअघि दिल्ली विश्वविद्यालयको सेन्ट स्टिफन कलेजलाई पनि बमको चेतावनी दिइएको थियो ।  इमेलले पुस्तकालयमा बम राखिएको दाबी गरेको अधिकारीहरूले बताएका छन् ।  

धम्की दिएका स्थानहरू खाली गरी  प्रहरीले बम निष्क्रिय पार्ने टोली, तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली, दिल्ली अग्नि नियन्त्रण ब्रिगेडको टोलीलगायत घटनास्थलमा तैनाथ रहेको र अहिलेसम्म कुनै पनि सङ्कास्पद बस्तु फेला नपरेको प्रहरीले जनाएको छ ।  

दिल्ली प्रहरीले हालसम्म अन्य कलेजले उनीहरूलाई आजसम्म त्यस्तो कुनै जानकारी प्रदान गरेको सुचना गरेका छैनन् ।

सोमबार दिल्लीको चाणक्यपुरी र द्वारका क्षेत्रका दुई वटा विद्यालयलाई पनि दिल्ली प्रहरीको मेलमार्फत बमको धम्की प्राप्त भएको जनाइएको छ । रासस
 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  २ : ४५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल