पार्टीमा साहित्यकार र कलाकार भित्र्याउँदै प्रचण्ड  | Khabarhub Khabarhub

पार्टीमा साहित्यकार र कलाकार भित्र्याउँदै प्रचण्ड 


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई पार्टीमा भित्र्याएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार नेपाली कांग्रेस र नेकपा एमालेनिकट रहेका कलाकार, साहित्यकार र राजनीतिकर्मीलाई पार्टी प्रवेश गराएका छन् । 

चलचित्र निर्माता तथा अभिनेता सुरेन्द्र बराल, कांग्रेस निकट लेखक र पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साईंलो), चलचित्र कलाकार केशर बीसी, भीमबहादुर मगर, चन्दु गोर्खालीलगायतलाई माओवादीमा भित्र्याइएको प्रचण्डको सचिवालयले जनाएको छ । 

‘म २०२२ सालदेखि कांग्रेस पार्टीमा क्रियाशील थिएँ । आन्दोलनका उतारचढावहरू देखेँ,’ कार्यक्रममा नवप्रवेशी गोर्खालीले भने, ‘तर कांग्रेस पार्टीका पछिल्ला गतिविधिहरू आत्मसात गर्न सकिनँ । त्यसैले जनताको पक्षमा काम गर्न माओवादी केन्द्र रोजेको हुँ ।’

अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको पहल र संर्घषका कारण स्थापित परिर्वतन सबैलाई थाहा भए पनि माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर केही मान्छेहरूले त्यस विरुद्ध गतिविधि गर्ने गरेको बताए । 

‘केही मान्छे माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर चिन्तित छन् । तर हामीले तीन पटक सरकारको नेतृत्व गर्दा देशको ऐतिहासिक रूपान्तरणमा निर्णायक पहलकदमी लिएका छौँ,’ उनले भने, ‘हाम्रो संकल्प नेपाली समाजको नयाँ खाका कोर्नु हो, जुन माओवादीसँग मात्रै सम्भव छ ।’

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ३ : २७ बजे

एसिया कप : बंगलादेशको विजयी सुरुवात, हङकङ ७ विकेटले पराजित

काठमाडौं – एसिया कप क्रिकेटमा बङ्गलादेशले विजयी सुरुवात गरेको छ।

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति: संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको माग बमोजिम

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र

आज २०८२ साल भदौ २७ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र