बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै « Khabarhub

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जान थालेका छन् । 

घरायसी कलह, खान तथा लगाउन नदिएको, मानसिक तनाव दिएको लगायतका कारण पति वा पत्नीले अदालत समक्ष सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्ने क्रम बढेको उच्च अदालत नेपालगन्ज इजलासका अधिकृत बलबहादुर विष्टले जानकारी दिए । 

उनले छिटफुट रुपमा पतिले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्ने गरेको उल्लेख गर्दै त्यस्ता कम मुद्दामा मात्रै सम्बन्ध विच्छेदको फैसला हुने गरेको बताए । ‘श्रीमान् (पुरुष)ले पनि म पीडित भए भनेर मुद्दा दर्ता गर्नुभएको हुन्छ, तर सम्बन्ध विच्छेद कम भएको हुन्छ’, उनले भने ।  

आर्थिक वर्ष २०८१/८२ मा सम्बन्ध विच्छेदका ६१ मुद्दा दर्ता भएकामा ५० मुद्दा फर्स्यौट भएका छन् भने ११ मुद्दा बाँकी रहेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा सम्बन्ध विच्छेद सम्बन्धी ५९ मुद्दा दर्ता भएकामा ४० मुद्दा फर्स्यौट भएको र १९ मुद्दा बाँकी रहेको उच्च अदालतले जनाएको छ । दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दा बाँके जिल्लाका हुन् । 

यसबाहेक जबरजस्ती करणी १८८ मुद्दा दर्ता भएकामा १४८ मुद्दा फर्स्यौट भएका छन् र त्यसमा ४० मुद्दा बाँकी छन् । लागु औषधतर्फ १८८ मुद्दा दर्ता भएकामा १५१ फर्स्यौट भएका र ३७ मुद्दा बाँकी रहेका छन् । 

मानव बेचबिखन तथा ओसारपसारका २९ मुद्दा दर्ता भएकामा २८ फर्स्यौट भएको  छ भने एक मुद्दा बाँकी रहेको छ । ज्यान सम्बन्धी कसुरका १९२ मुद्दामा १५५ फर्स्यौट भएका छन् भने ३७ बाँकी रहेका छन् । 

अन्यतर्फ एक हजार ४७८ मुद्दा दर्ता भएकामा एक हजार ६३ मुर्दा दर्ता भएका छन् । रिट र निषेधाज्ञाका ५१० मुद्दा दर्ता भएकामा ४०९ फर्स्यौट भएको र १०१ बाँकी रहेका छन् ।

यी सबै कुल मिलाएर दुई हजार ६४६ मुद्दा दर्ता भएकामा दुई हजार चार मुद्दा फर्स्यौट भएका छन् भने ६४२ मुद्दा बाँकी रहेको अदालतले जनाएको छ । 

वार्षिक मुद्दा फर्स्यौट लक्ष्य एक हजार ६३७ थान रहेकामा कुल दुई हजार चार मुद्दा अर्थात् ३६७ थान मुद्दा बढी फर्स्यौट भएको उच्च अदालतइजलासका मुख्य न्यायाधीश चन्द्रबहादुर सारुले जानकारी दिए ।

‘सिमीत स्रोत र साधनको परिचालनबाट गुणस्तरिय र छिटो छरितो न्याय सम्पादन हाम्रो मुख्य लक्ष्य हो’, उनले भने । 

कतिपय मुद्दा २० दिनमा पनि फर्स्यौट गरिएको जानकारी दिँदै उनले मुद्दा सुनुवाइ प्रक्रियालाई गोलाप्रथाबाट गरिएको बताए । एक वर्ष नाघेका मुद्दा शून्यमा झार्न सफल भएको मुख्य न्यायाधीश सारुको भनाइ छ । 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ३ : ३५ बजे

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस