बर्दघाट सुस्ता पूर्व दूधमा आत्मनिर्भर | Khabarhub Khabarhub

बर्दघाट सुस्ता पूर्व दूधमा आत्मनिर्भर


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा गत आर्थिक वर्षमा ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको छ । 

आव २०८१/८२ मा जिल्लामा ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख डा शर्मिला कुमालले बताइन् । 

जिल्लाको जनसङ्ख्याका आधारमा दूध आवश्यकताभन्दा बढी उत्पादन भई जिल्ला बाहिर निर्यात हुने गरेको छ । उत्पादन भएको दूधको तथ्याङ्कका आधारमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विगत तीन वर्षदेखि आत्मनिर्भर रहेको प्रमुख कुमालले बताइन् ।    

‘विश्व स्वास्थ्य सङ्गठनले विकासउन्मुख राष्ट्रका लागि एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध तय गरेको आधारमा जिल्लामा एक व्यक्तिका लागि एक सय ३२ लिटर दूध पुग्ने गरी उत्पादन रहेको छ’, उनले भनिन्, ‘आर्थिक वर्ष २०८१/८२ मा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उत्पादन भएको दूधको आधारमा यहाँको कूल जनसङ्ख्यालाई एक व्यक्ति बराबर एक सय ३२ लिटर दूध पुग्ने देखिन्छ ।’

तथ्याङ्कअनुसार गत आवमा  जिल्लामा ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको थियो । यसमध्ये गाईको दूध ३२ हजार तीन सय ५३ मेट्रिक टन रहेको छ भने भैँसीको दूध १७ हजार छ सय ६० मेट्रिक टन छ । 

जिल्लामा खपत भएर बाँकी रहेको दूध काठमाडौँ, पोखरा र चितवन बिक्री गर्न पठाउने गरिएको प्रमुख कुमालले बताइन् । जिल्ला दूध उत्पादनमा आत्मनिर्भर भए पनि पछिल्लो तीन वर्षको उत्पादन अनुपात तुलना गर्दा गत आवमा दूध उत्पादनमा कमी आएको छ ।   

आव २०७८/७९ मा ६१ हजार छ सय ६४ मेट्रिक टन दूध उत्पादन भएकामा आव २०७९/८० मा थप वृद्धि भई ६२ हजार चार सय ४६ मेट्रिक टन उत्पादन भएको थियो । तर गत आव २०८०/८१ मा विगतको भन्दा घटेर जम्मा ५५ हजार एक सय ७० मेट्रिक टन दूध उत्पादन भएको थियो । 

गत आवमा अझ घटेर ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको छ”,उहाँले भन्नुभयो । जिल्लाको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष गाईभैँसी फार्म र गाई भैँसीको सङ्ख्यासमेत घट्दो क्रममा रहेको छ । 

आव २०७९/८० मा गाईको सङ्ख्या ४१ हजार चार सय ८९, भैँसीको सङ्ख्या ४८ हजार आठ सय ५४ रहेको थियो, भने आव २०८०/८१ मा गाईको सङ्ख्या ३७ हजार एक सय ९८ र भैँसीको सङ्ख्या ४३ हजार नौ सय ५० रहेको देखिन्छ । 

गत आवमा गाईको सङ्ख्या ३२ हजार आठ सय ९७ रहेको थियो भने भैँसीको सङ्ख्या ३८ हजार आठ सय ९६ रहेको छ ।

यसरी तीन वर्षको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष सरदर चार हजारको दरले गाईको सङ्ख्या घट्दो क्रममा रहेको देखिन्छ भने पाँच हजारको दरले भैँसीको सङ्ख्या जिल्लामा घट्दो क्रममा रहेको देखिन्छ । रासस

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ३ : ५२ बजे

एमाले पोलिटब्युरोमा पेश गरियो पार्टीको विधान संशोधन प्रस्ताव

काठमाडौं- नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पेश

राति नाभिमा तेल हालेर सुत्नुहोस्, हुन्छन् यस्ता फाइदा

काठमाडौं- आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण

चीनको खुद्रा बिक्रीमा वृद्धि : ५० ट्रिलियन यूआन पुग्ने अनुमान

बेइजिङ– चीनको वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार जानकारी दिएका अनुसार,

इनरुवामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित जन्ताचोकमा शुक्रबार सवारी दुर्घटना

भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाएको छ : सभापति देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भाषाभाषीबीचको विविधताले