बर्दघाट सुस्ता पूर्व दूधमा आत्मनिर्भर « Khabarhub

बर्दघाट सुस्ता पूर्व दूधमा आत्मनिर्भर


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा गत आर्थिक वर्षमा ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको छ । 

आव २०८१/८२ मा जिल्लामा ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख डा शर्मिला कुमालले बताइन् । 

जिल्लाको जनसङ्ख्याका आधारमा दूध आवश्यकताभन्दा बढी उत्पादन भई जिल्ला बाहिर निर्यात हुने गरेको छ । उत्पादन भएको दूधको तथ्याङ्कका आधारमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विगत तीन वर्षदेखि आत्मनिर्भर रहेको प्रमुख कुमालले बताइन् ।    

‘विश्व स्वास्थ्य सङ्गठनले विकासउन्मुख राष्ट्रका लागि एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध तय गरेको आधारमा जिल्लामा एक व्यक्तिका लागि एक सय ३२ लिटर दूध पुग्ने गरी उत्पादन रहेको छ’, उनले भनिन्, ‘आर्थिक वर्ष २०८१/८२ मा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उत्पादन भएको दूधको आधारमा यहाँको कूल जनसङ्ख्यालाई एक व्यक्ति बराबर एक सय ३२ लिटर दूध पुग्ने देखिन्छ ।’

तथ्याङ्कअनुसार गत आवमा  जिल्लामा ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको थियो । यसमध्ये गाईको दूध ३२ हजार तीन सय ५३ मेट्रिक टन रहेको छ भने भैँसीको दूध १७ हजार छ सय ६० मेट्रिक टन छ । 

जिल्लामा खपत भएर बाँकी रहेको दूध काठमाडौँ, पोखरा र चितवन बिक्री गर्न पठाउने गरिएको प्रमुख कुमालले बताइन् । जिल्ला दूध उत्पादनमा आत्मनिर्भर भए पनि पछिल्लो तीन वर्षको उत्पादन अनुपात तुलना गर्दा गत आवमा दूध उत्पादनमा कमी आएको छ ।   

आव २०७८/७९ मा ६१ हजार छ सय ६४ मेट्रिक टन दूध उत्पादन भएकामा आव २०७९/८० मा थप वृद्धि भई ६२ हजार चार सय ४६ मेट्रिक टन उत्पादन भएको थियो । तर गत आव २०८०/८१ मा विगतको भन्दा घटेर जम्मा ५५ हजार एक सय ७० मेट्रिक टन दूध उत्पादन भएको थियो । 

गत आवमा अझ घटेर ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको छ”,उहाँले भन्नुभयो । जिल्लाको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष गाईभैँसी फार्म र गाई भैँसीको सङ्ख्यासमेत घट्दो क्रममा रहेको छ । 

आव २०७९/८० मा गाईको सङ्ख्या ४१ हजार चार सय ८९, भैँसीको सङ्ख्या ४८ हजार आठ सय ५४ रहेको थियो, भने आव २०८०/८१ मा गाईको सङ्ख्या ३७ हजार एक सय ९८ र भैँसीको सङ्ख्या ४३ हजार नौ सय ५० रहेको देखिन्छ । 

गत आवमा गाईको सङ्ख्या ३२ हजार आठ सय ९७ रहेको थियो भने भैँसीको सङ्ख्या ३८ हजार आठ सय ९६ रहेको छ ।

यसरी तीन वर्षको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष सरदर चार हजारको दरले गाईको सङ्ख्या घट्दो क्रममा रहेको देखिन्छ भने पाँच हजारको दरले भैँसीको सङ्ख्या जिल्लामा घट्दो क्रममा रहेको देखिन्छ । रासस

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ३ : ५२ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित