राज्यका निकायलाई प्रेस काउन्सिलको खबरदारी – पत्रकार आचार संहिताबारे आफैं निर्णय नलिनू « Khabarhub

राज्यका निकायलाई प्रेस काउन्सिलको खबरदारी – पत्रकार आचार संहिताबारे आफैं निर्णय नलिनू


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार आचार संहिता र प्रेसस्वतन्त्रता प्रति आफैं निर्णय नललिन राज्यका अन्य निकायलाई प्रेस काउन्सिल नेपालले खबरदारी गरेको छ ।

आफ्नो क्षेत्राधिकार स्पष्ट हुन आग्रह गर्दै प्रेस काउन्सिलले भनेको छ– ‘काम, कर्तव्य र अधिकारभित्र रही काउन्सिलले आफ्नो जिम्मेवारी, दायित्व निभाउँदै आएको हुँदा कुनै भ्रममा नपर्न र पत्रकार आचारसंहिता तथा प्रेस स्वतन्त्रताजस्ता गम्भीर विषयमा कुनै निर्णय लिनुपर्दा आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट हुन प्रेस काउन्सिल नेपाल राज्यका सम्बद्ध निकायहरूलाई पुनः अनुरोध गर्दछ ।’

बिहीबार रामप्रसाद दाहालको अध्यक्षतामा बसेको काउन्सिलको बैठकले यस्तो निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दिपक खनालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रेस काउन्सिल ऐनमा समयानुकूल संशोधनको प्रक्रियासँगै काउन्सिलले पत्रकारिता तथा आमसञ्चार क्षेत्रसँग सम्बन्धित नयाँ नयाँ चुनौतीहरूलाई आफ्नो जिम्मेवारी सम्झी पत्रकारिताको पेसागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा प्रवद्र्धनका लागि जोड दिँदै आएको जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ३ : ४७ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर