हामीसँग निर्वाचन प्रणाली र संविधान संशोधनको स्पष्ट धारणा छ, आवश्यक परे आन्दोलन गर्छौं : प्रचण्ड  | Khabarhub Khabarhub

हामीसँग निर्वाचन प्रणाली र संविधान संशोधनको स्पष्ट धारणा छ, आवश्यक परे आन्दोलन गर्छौं : प्रचण्ड 


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे सडक संघर्षमा जान तयार रहेको बताएका छन् । 

नेपाल मतदाता अधिकार मञ्चको शुक्रबार निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सुझावसहितको ध्यानाकर्षण पत्र बुझ्दै उनले यस्तो बताएका हुन् । 

‘मतदाता अधिकार मञ्चको यो पहल सकारात्मक छ । यस्ता माग र सुझावहरू नेताहरूलाई बुझाएर मात्र परिवर्तन सम्भव हुँदैन,’ अध्यक्ष प्रचण्डले भने, ‘जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे हामी सडक संघर्षमा जान पनि तयार छौँ ।’

पेरिसडाँडामा ध्यानाकर्षण पत्र बुझ्दै उनले वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनबारे माओवादी केन्द्रको स्पष्ट धारणा रहेको उल्लेख गरे । प्रचण्डले निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाउँदै आएको पनि बताए ।

मतदाता अधिकार मञ्चले निर्वाचन प्रणालीमा सुधार, प्रतिनिधित्वको समावेशीकरण र मतदाताको अधिकार सुनिश्चित गर्ने सम्बन्धमा विभिन्न मागहरू अध्यक्ष प्रचण्डसमक्ष पेस गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ४ : २५ बजे

एसिया कप : बंगलादेशको विजयी सुरुवात, हङकङ ७ विकेटले पराजित

काठमाडौं – एसिया कप क्रिकेटमा बङ्गलादेशले विजयी सुरुवात गरेको छ।

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति: संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको माग बमोजिम

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र

आज २०८२ साल भदौ २७ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र