संविधानको सुरक्षाका लागि काम गरिरहेका छौँ : गृहमन्त्री | Khabarhub Khabarhub

संविधानको सुरक्षाका लागि काम गरिरहेका छौँ : गृहमन्त्री


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षाको स्थिति अनुकूल रहेको बताएका छन् ।  

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री लेखकले एक बर्ष अघिको तुलनामा अहिले शान्ति सुरक्षाको स्थिति अनुकूल रहेको बताएका हुन् । उनले संघीय व्यवस्थालाई समाप्त गर्ने अवस्था नरहेको र संविधानको सुरक्षाका लागि काम गरिरहेको धारणा राखे ।

अपराध न्यूनीकरण गर्न सुरक्षा निकायहरूले गम्भीरतापूर्वक काम गरिरहेको उनले बताए। त्यस्तै गृहमन्त्री लेखकले अपराधका पुराना घटनालाई समेत अहिले प्रहरीले अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याएको उल्लेख गरे । 

आर्थिक अपराधहरू समेत प्रहरीले अनुसन्धान गर्नुपर्ने विषय बनेकाले केन्द्रीय अनुसन्धान ब्युरोभित्र छुट्टै निकाय गठन गरिएको उनले बताए ।

उनले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई पर्याप्त स्रोत साधन उपलब्ध गराएर व्यवसायीक बनाउन सरकार गम्भीर रहेको जिकिर गरे ।  

बैठकमा नेपाल प्रहरीका प्रमुख दीपक थापाले हतियार खरिदका लागि पुरानो ठेक्का व्यक्ताएको कुरामा सत्यता नरहेको बताए । हतियार खरिद गर्ने विषय निर्देशनका आधारमा नभई कानुनका आधारमा गर्ने विषय भएको उनको भनाइ छ । 

उनले भवन निर्माणका लागि पाँच सय करोड बजेट आएको जानकारी दिए । थापाले मुलुकमा अपराध न्यूनीकरण गर्दै शान्ति सुरक्षा कायम गर्न संगठनलाई केन्द्रित गरेको जिकिर गरे ।

त्यस्तै सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालले सशस्त्र प्रहरीले सीमा सुरक्षाका लागि २ सय ६० वटा बोर्डर आउट पोस्ट (विओपी) स्थापना भएको जानकारी गराए। सीमा क्षेत्रमा हुने गरेको चोरी डकैती, लुटपाट, लागूऔषध नियन्त्रणमा कडाइका साथ नियन्त्रण गरिने उनले बताए । 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ५ : ५९ बजे

भारतबाट फर्केका यात्रु बीच बाटोमै लुटिए

कञ्चनपुर– भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका यात्रु बिहीबार बीच बाटोमै

एसिया कप : बंगलादेशको विजयी सुरुवात, हङकङ ७ विकेटले पराजित

काठमाडौं – एसिया कप क्रिकेटमा बङ्गलादेशले विजयी सुरुवात गरेको छ।

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति: संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको माग बमोजिम

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र