भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाएको छ : सभापति देउवा « Khabarhub

भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाएको छ : सभापति देउवा


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाउने काम गरेको बताएका छन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको केन्द्रीय कार्यसमितिद्वारा २८औँ स्थापना दिवसका अवसरमा कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा मन्तव्य राख्दै सभापति देउवाले विभिन्न जातजातिका पहिचानलाई जोगाउँदै पहिचानसहितको राष्ट्र बनाउने कार्यले नेपाललाई सुन्दर बनाउने विश्वास व्यक्त गरे  ।

‘विभिन्न भाषाभाषीहरू छन्, सुन्दरता हाम्रो मौलिकता हो, नेपाल सुन्दर छ, सम्पूर्ण आदिवासी जनजातिलाई कांग्रेसमा समाहित गराउन के गर्नुपर्छ हामी त्यो गर्न तयार छौँ’, सभापति देउवाले भने ।

कांग्रेसका सहमहामन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयले संस्कृतिसम्बन्धी नीति मन्त्रिपरिषद्मा पेस गरेको जानकारी उक्त नीति चाँडै पास हुने बताए ।

उनले प्रत्येक जातजाति, भाषाभाषीका कला, सांस्कृतिक, नेपालको जातीय र भाषिक विविधतालाई विश्वले महत्त्व दिएको भन्दै आदिवासी जनजातिका संवेदनशीलतालाई बुझेर संस्कृतिसम्बन्धी नीति बनाउने प्रतिबद्धता व्यक्त गरे ।

‘संस्कृति भौतिक र अभौतिक दुवै हो, अभौतिक सम्पदा सूचीकरणका लागि एक सय पाँच वटा निवेदन पेस भएका छन्’, उनले भने ।

मन्त्री पाण्डेले भाषा आयोगको प्रतिवेदनले एक सय ३१ वटा भाषा रहेको तथ्याङ्क प्रस्तुत गरेको छ भन्दै देशभरका विभिन्न निकायले भौतिक सम्पदा र अभौतिक सम्पदालाई जोगाउनुपर्छ भन्नेमा जोड दिए ।

कांग्रेसका केन्द्रीय सदस्य जीपछिरिङ शेर्पाले नेपालमा रहेका एक सय २४ जातजातिको भाषा, धर्म, संस्कृति, सभ्यता, संस्कार र पहिचानलाई संरक्षण गर्न राज्यको नीतिगत व्यवस्था तयार गर्न कांग्रेसले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए  ।

पार्टीका केन्द्रीय सदस्य एवं पार्टीको आदिवासी जनजाति विभागका प्रमुख दिलमान पाख्रिनले श्रद्धेय नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम संविधानमा आदिवासी जनजाति, महिला, दलित र श्रमजीवी वर्गको हक अधिकार सुनिश्चित भएको भन्दै जाति, भूगोल, भाषा र भेषको आधारमा पहिचान, प्रतिनिधित्व र पहुँचमा पुर्‍याउन नेपाली कांग्रेसले नै उत्कृष्ट भूमिका निर्वाह गरेको बताए ।

कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले जनताको आर्थिक समृद्धिका साथै हितका लागि निरन्तर काम गर्ने पार्टी कांग्रेस भएको भन्दै देशलाई समृद्धिको बाटोमा लैजान आदिवासी जनजातिहरूको भूमिका महत्त्वपूर्ण भएको बताए ।

महासमिति सदस्य ग्याल्जेन शेर्पाले कांग्रेसमा सबै आदिवासी जनजाति अटाउन सक्ने अवस्था रहेको बताए  । देशभित्र आदिवासी जनजातिहरूको जनसङ्ख्या ३७ प्रतिशत हिस्सा रहेको भन्दै सरोकारवालाले जनसङ्ख्याका आधारमा राज्यको हरेक तहमा प्रतिनिधित्व, राजनीतिमा पहुँच पुर्‍याउन ध्यान दिनुपर्नेमा जोड दिएका थिए  । रासस

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ६ : ३३ बजे

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा