एमाले पोलिटब्युरोमा पेश गरियो पार्टीको विधान संशोधन प्रस्ताव | Khabarhub Khabarhub

एमाले पोलिटब्युरोमा पेश गरियो पार्टीको विधान संशोधन प्रस्ताव


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पेश गरिएको छ । 

पार्टी कार्यालय च्यासलमा शुक्रबारबाट सुरु भएको पोलिटब्युरो बैठकमा पार्टी उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव पेश गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

संशोधित विधानमा १९ सदस्यीय पदाधिकारीलाई १५ जनामा झार्न प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी पनि २५१ सदस्यीयमा सीमित बनाउने गरी प्रस्ताव पेश भएको छ भने केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहने गौतमले बताए ।

त्यस्तै ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ । विधान संशोधन प्रस्तावमाथि किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले धारणा राखेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए  ।

त्यस्तै बैठकमा सदस्यहरूले उमेर हद र कार्यकाल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा सक्रिय हुने निर्णय लगायतका विषयमा धारणा राखेको उनले बताए ।  

पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनका विषयमा गलत भाष्य निर्माण गर्न खोजिएको बताएका थिए । 

पूर्व राष्ट्रपति भण्डारीका विषयमा ओलीले देशको उच्च गरिमामय पदमा बसिसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्ने कुरा गम्भीर विषय भएकाले यसमा पार्टीले उचित निर्णय गर्ने समेत बताएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । पोलिटब्युरो बैठक शनिबार बिहान ११ बजे पुन बस्ने उनले बताए । 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ६ : ४८ बजे

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका

न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग

काठमाडौं – संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक