धुलिखेल अस्पतालबाट बीमा सेवा हटाउने मन्त्रीको निर्णयप्रति असन्तुष्टि | Khabarhub Khabarhub

धुलिखेल अस्पतालबाट बीमा सेवा हटाउने मन्त्रीको निर्णयप्रति असन्तुष्टि


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काभ्रे– स्वास्थ्य मन्त्री प्रदीप पौडेल बीमाबाट स्वास्थ्य उपचारसम्बन्धी पछिल्लो निर्णयबाट आलोचित बनेका छन् । नयाँ आर्थिक वर्षेदेखि सामुदायिक अस्पतालहरूमा बीमाबाट स्वास्थ्य उपचारको सुविधाको कटौती गरेपछि मन्त्री पौडेलको चौतर्फी आलोचना भएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सार्वजनिक यातायात तथा सार्वजनिक यातायात व्यवसायी समन्वय विभागका संयोजक शिवप्रसाद हुमागाईंले सो बारेमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गरेका थिए । 

मन्त्री पौडेलको उक्त निर्णयले काभ्रेलगायतको थुप्रै जिल्लाहरूबाट गुणस्तरीय स्वास्थ्य सेवाको लागि उक्त सुविधाबाट सर्वसाधारणलाई वञ्चित गर्न नहुने बताएका छन् । 

केन्द्रीय सदस्य हुमागाईंले जिल्लाका विभिन्न भागबाट बिरामीहरू आइरहेको हुनाले धुलिखेल अस्पताललाई स्वास्थ्य बीमाबाट सेवा प्रदान गर्न वञ्चित गर्न नहुने धारणा राखेका थिए ।

उनले भने, ‘जनस्वास्थ्यको सवालमा उठाइएको महत्त्वपूर्ण सवाललाई नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नु भएको स्वास्थ्यमन्त्री माननीय प्रदीप पौडेल ज्युले काभ्रेका तीन केन्द्रीय सदस्य, जिल्ला सभापति ज्यु र सरोकारवालाहरूसँग संवाद गरी समस्याको समाधान गर्नुहोला भन्ने ठुलो आशा र विश्वास काभ्रेली जनताले गरेका थिए । उहाँले सूचीमा केही परिमार्जन भने गर्नुभयो। धुलिखेल अस्पताल भने उहाँको परिमार्जित सूचिभित्र परेन जसका कारण आज पहिलो दिन नै थुप्रै सेवाग्राहीले आज सास्ती व्यहोर्नु परेको छ ।’

उनले स्वास्थ्यमन्त्री पौडेलले यस विषयलाई महत्त्व नदिएको जनाउँदै मन्त्री पौडेलको यस कदमबाट जनता निरुत्साहित बनेको जनाए ।

उनले भने, ‘जनताले आशा गरेको मन्त्रीबाट नै जनभावना विपरीतको कार्य गरेको देख्दा जनता निराश देखिन्छन् । धुलिखेल अस्पताल मात्र हैन देशभरिको यस्तै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्ने सामुदायिक अस्पतालहरू जसले थुप्रै नेपाली जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ यिनीहरू किन स्वास्थ्य बीमाबाट सेवा प्रदान गर्न वञ्चित भए । यो चोटिलो प्रश्नको जवाफ स्वास्थ्य मन्त्रीले के दिन सक्लान् त ?’

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : २६ बजे

एसिया कप : बंगलादेशको विजयी सुरुवात, हङकङ ७ विकेटले पराजित

काठमाडौं – एसिया कप क्रिकेटमा बङ्गलादेशले विजयी सुरुवात गरेको छ।

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति: संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको माग बमोजिम

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र

आज २०८२ साल भदौ २७ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र