धुलिखेल अस्पतालबाट बीमा सेवा हटाउने मन्त्रीको निर्णयप्रति असन्तुष्टि « Khabarhub

धुलिखेल अस्पतालबाट बीमा सेवा हटाउने मन्त्रीको निर्णयप्रति असन्तुष्टि


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काभ्रे– स्वास्थ्य मन्त्री प्रदीप पौडेल बीमाबाट स्वास्थ्य उपचारसम्बन्धी पछिल्लो निर्णयबाट आलोचित बनेका छन् । नयाँ आर्थिक वर्षेदेखि सामुदायिक अस्पतालहरूमा बीमाबाट स्वास्थ्य उपचारको सुविधाको कटौती गरेपछि मन्त्री पौडेलको चौतर्फी आलोचना भएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सार्वजनिक यातायात तथा सार्वजनिक यातायात व्यवसायी समन्वय विभागका संयोजक शिवप्रसाद हुमागाईंले सो बारेमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गरेका थिए । 

मन्त्री पौडेलको उक्त निर्णयले काभ्रेलगायतको थुप्रै जिल्लाहरूबाट गुणस्तरीय स्वास्थ्य सेवाको लागि उक्त सुविधाबाट सर्वसाधारणलाई वञ्चित गर्न नहुने बताएका छन् । 

केन्द्रीय सदस्य हुमागाईंले जिल्लाका विभिन्न भागबाट बिरामीहरू आइरहेको हुनाले धुलिखेल अस्पताललाई स्वास्थ्य बीमाबाट सेवा प्रदान गर्न वञ्चित गर्न नहुने धारणा राखेका थिए ।

उनले भने, ‘जनस्वास्थ्यको सवालमा उठाइएको महत्त्वपूर्ण सवाललाई नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नु भएको स्वास्थ्यमन्त्री माननीय प्रदीप पौडेल ज्युले काभ्रेका तीन केन्द्रीय सदस्य, जिल्ला सभापति ज्यु र सरोकारवालाहरूसँग संवाद गरी समस्याको समाधान गर्नुहोला भन्ने ठुलो आशा र विश्वास काभ्रेली जनताले गरेका थिए । उहाँले सूचीमा केही परिमार्जन भने गर्नुभयो। धुलिखेल अस्पताल भने उहाँको परिमार्जित सूचिभित्र परेन जसका कारण आज पहिलो दिन नै थुप्रै सेवाग्राहीले आज सास्ती व्यहोर्नु परेको छ ।’

उनले स्वास्थ्यमन्त्री पौडेलले यस विषयलाई महत्त्व नदिएको जनाउँदै मन्त्री पौडेलको यस कदमबाट जनता निरुत्साहित बनेको जनाए ।

उनले भने, ‘जनताले आशा गरेको मन्त्रीबाट नै जनभावना विपरीतको कार्य गरेको देख्दा जनता निराश देखिन्छन् । धुलिखेल अस्पताल मात्र हैन देशभरिको यस्तै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्ने सामुदायिक अस्पतालहरू जसले थुप्रै नेपाली जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ यिनीहरू किन स्वास्थ्य बीमाबाट सेवा प्रदान गर्न वञ्चित भए । यो चोटिलो प्रश्नको जवाफ स्वास्थ्य मन्त्रीले के दिन सक्लान् त ?’

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ७ : २६ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री