‘कहाँ गयौ तिमी’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै फिरोज « Khabarhub

‘कहाँ गयौ तिमी’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै फिरोज


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘कहाँ गयौ तिमी’ निर्माणको घोषणा गरेका फिरोज तिमलसेनाले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् ।

फिरोजले भगावन कृष्णको जन्माष्टमीको दिन पारेर शनिबार फिल्म निर्माणको घोषणा हुन् । उनले फिल्मको टाइटल पोस्टर सार्वजनिकसमेत गरेका छन् ।

पोस्टरमा ग्राणिम परिवेशमा एकलासमा रहेको घर जस्ताको छानो भएको घर देखाइएको छ । पृष्ठभूमिका ठूला पहाड बादलले ढाकेको छ ।

फिरोजका अनुसार यो फिल्म लभस्टोरी जनरामा बन्नेछ । निर्माण पक्षले कलाकार, छायाङ्कन र प्रदर्शन मितिबारे भने हाललाई केही जानकारी दिएको छैन ।

फिरोजले फिल्मबारे थप जानकारी विस्तारै सार्वजनिक गर्दै जाने बताएका छन् । उनले निर्देशनमा हात हाल्नुको कारण बारे सामाजिक सञ्जालमा लेखेका छन्, ‘शब्द र भावना भनेको घरमा काम लाग्छ भनेर जतन गरी राखेको सियो जस्तो रहेछ । चाहिने बेला कहिले फेला पर्दैन । आज सिनेमा निर्देशनमार्फत नयाँ यात्राको सुरुवात गर्दा खुशी र जिम्मेवारी दुवै महसुस भएको छ ।’

फिरोज टेलिभिजन होस्ट हुँदै निर्देशनमा प्रवेश गरेका गरेका हुन् । उनीसँग नेपाल आइडल सिजन १ निर्देशन टोलीमा रहेर काम गरेको अनुभव छ ।

भ्वाइस अफ नेपालको फाउन्डर, क्रिएटिभ हेड तथा मुख्य सहायक निर्देशकलगायत अनुभव उनीसँग छ। उनले ‘दर्पण छाया–२’मा उनले अभिनयसमेत गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ५ : ३४ बजे

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४९ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी

काठमाडौं–  शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ– शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान