स्पेनिस ला लिगा : इस्पान्योलको सुखद सुरुवात « Khabarhub

स्पेनिस ला लिगा : इस्पान्योलको सुखद सुरुवात


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिग फुटबलमा इस्पान्योलले सुखद सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा सोमबार बिहान एट्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै इस्पान्योलले जित निकालेको हो ।

इस्पान्योलका लागि मिगेल रुबियो र पेरे मिल्लाले एक–एक गोल गरेका थिए । एट्लेटिकोका जुलियन अल्भारेजले गोल गरे ।

खेलको ३७औँ मिनेटमा एट्लेटिकोका अल्भारेजले फ्रि किकमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ७३औँ मिनेटमा इस्पान्योलका रुबियोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ८४औँ मिनेटमा मिल्लाले गरेको गोलसँगै इस्पान्योल २–१ गोलले विजयी भयो । सुरुको अग्रता जोगान नसक्दा एट्लेटिको मड्रिड भने नयाँ सिजनको पहिलो खेलमा स्तब्ध बन्न पुग्यो ।

यो जितसँगै इस्पान्योलले पहिलो खेलबाट तीन अंक जोडेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ८ : ३६ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी