चाँदी आयातका लागि पाँच लाख डलरसम्मको सटही सुविधा « Khabarhub

चाँदी आयातका लागि पाँच लाख डलरसम्मको सटही सुविधा


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पुर्‍याएकाे जनाएको हो ।

सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनका लागि आयात गर्दा प्रतिपटक तीन लाख अमेरिकी डलर बराबरको सुविधा प्राप्त हुँदै आएको थियो ।

राष्ट्र बैंकले चाँदी आयात गर्दा प्रतिपटक अब पाँच लाख अमेरिकी डलर बराबरको वा सो बराबरको अन्य परिवर्त्य  विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्ने भएको हो ।

यसैगरी अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवर्त्य  विदेशी मुद्राको सीमासम्मको सुविधा प्रदान गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार, निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतितपत्र वा विदेशबाट खरिद आदेश बराबरको कागजात पेस गर्नुपर्नेछ ।

सटही सुविधा दिने वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए नभएको यकिन भने गर्नुपर्नेछ ।

वाणिज्य बैंक बाहेक बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन बक्यौता नरहेको सम्बन्धी स्वःघोषणा चाँदी व्यवसायीसँग लिनुपर्ने व्यवस्था गरिएको छ । (रासस)

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ९ : ०८ बजे

जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका

काठमाडौं – कलाकार जितु नेपालले निर्माण घोषणा गरेको फिल्म ‘आई

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाराबाजीपछि सार्वजनिक भयो निर्वाचन तालिका

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि काठमाडौंमा जारी विशेष केन्द्रीय महाधिवेशन

भरतपुरमा बृहत् चक्रपथ उद्‌घाटन

नारायणगढ–  देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त

नयाँ नेतृत्वका लागि निर्वाचन अघि बढाउन प्रतिनिधिको दबाब, विशेष महाधिवेशनस्थलमा नाराबाजी

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डमा प्रतिनिधिहरूले नाराबाजी थालेका छन्