शंकर पोखरेलले भने- अहिलेको गठबन्धन निर्वाचनसम्मै जान्छ, अस्थिरताका रोगीहरू सरकार ढल्ने हल्ला चलाउँछन् | Khabarhub Khabarhub

शंकर पोखरेलले भने- अहिलेको गठबन्धन निर्वाचनसम्मै जान्छ, अस्थिरताका रोगीहरू सरकार ढल्ने हल्ला चलाउँछन्


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताको रोग लागेकाहरूले सरकार ढल्ने हल्ला चलाउने गरेको बताएका छन् । उनले नेकपा एमाले र नेपाली कांग्रेसबीचमा उच्च स्तरको सहमतिसहित गठबन्धन बनेकोले अस्थिरताका रोगीहरू छट्पटिएको बताए ।

सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले आगामी निर्वाचनसम्म नै यो सरकार निरन्तर रहने बताए । 

उनले यसका लागि संसद् र राजनीतिक दलहरूप्रति विश्वास गर्न समेत आग्रह गरेका छन् । महासचिव पोखरेलले सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला चलाउने अस्थिरताका लागि विचित्रको रोग लागेको बताए । 

‘दुई ठुला दल मिलेर सरकार बनेको छ, स्थिरता देखिएको छ,’ उनले भने, ‘तर अस्थिरताको रोग लागेकाहरू सरकार आज ढल्छ, भोली ढल्छ भन्दै हल्ला चलाइरहेका छन् । उनीहरू अस्थिरताका रोगी हुन् ।’

कांग्रेस र एमाले बीचको गठबन्धन आगामी निर्वाचन सम्म नै जाने उनले बताए । कांग्रेस नेता शेखर कोइरालालाई लक्षित गर्दै महासचिव पोखरेलले एकातिर सत्तामा हिस्सेदारी खोज्ने र अर्कोतर्फ सरकारको विरोध गर्दै हिँड्नु अनैतिक भएको बताए ।

सरकारले  सूचनाको हक कुण्ठित हुने कुनै पनि खालको कानुन नल्याउने  महासचिव पोखरेल स्पष्ट पारे । उनले सञ्चार क्षेत्रलाई व्यवस्थित र सुरक्षित गर्न मिडिया काउन्सिल विधेयक ल्याइन लागेका बताए  । 

‘संसद्ले सूचनाको हक कुण्ठित हुने कुनै कानुन बनाउँदैन, हामीले यही विश्वास गर्नुपर्छ,’ पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘अहिले स्वतन्त्रताका नाममा अराजकता बढेको छ, त्यसलाई नियन्त्रण गर्न खोजिएको हो, संविधानसँग बाझिने कुनै कानुन बन्दैन ।’

‘सरकारमा सहभागी भएपछि जस अपजसको भागिदार हुनुपर्छ, तर सरकारमा हिस्सा पनि खोज्ने अनि विरोध पनि गर्दै जाने, यो नैतिकता होइन,’ उनले भने । 

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा महासचिव पोखरेलले लोकतान्त्रिक पद्धतिको संस्थागत विकासका लागि पनि राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले फेरि राजनीतिमा फर्किनु उचित नहुने धारणा राखे ।

‘हामीले पूर्व राष्ट्रपति सम्मानित भूमिकामा रहनुपर्छ भनेका हौँ, त्यसो भइसकेपछि सदस्यताका विषयमा कुनै विवाद नै रहेन,’ उनले भने, ‘यो लोकतन्त्रको मूल्य मान्यतासँग जोडिन्छ, व्यक्तिसँग जोडन आवश्यक छैन ।’

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ११ : ४८ बजे

स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली कार्यान्वयनमा

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय शासन कार्यसम्पादन

‘मिशन ८४’ सफल पार्न उपाध्यक्ष परियारको नेतृत्वमा विवेकशील साझाद्वारा संवाद समिति गठन

काठमाडौं– विवेकशील साझा पार्टीले आगामी निर्वाचनलाई लक्षित गरेर ‘राजनीतिक संवाद

सौगात, सुहान र प्रकाशले सुरु गरे ‘परालको आगो’को वर्कसप

काठमाडौं – फिल्म ‘परालको आगो’ वर्कसपको चरणमा प्रवेश गरेको छ

पानी प्रशोधन केन्द्रको काम छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले टुकुचामा निर्माणाधीन पानी

विद्याको स्वागतका लागि विराटनगर विमानस्थलमा मन्त्रीदेखि एमाले नेतासम्मको ‘लाइन’

विराटनगर– कोशी प्रदेशका मन्त्री र नेकपा एमालेका नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी