भारतीय विदेशसचिव मिस्री र प्रधानसेनापति सिग्देलबीच भेट | Khabarhub Khabarhub

भारतीय विदेशसचिव मिस्री र प्रधानसेनापति सिग्देलबीच भेट


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेका छन् । 

भेटका अवसरमा दुई देशबीचको सहयोग, सम्बन्ध र आपसीहितका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

साथै भारतीय सरकारले नेपाली सेनालाई केही थान सवारीसाधन, घोडा र विपद्पछिको घटनाको अनुसन्धानमा प्रयोग हुने कुकुर सहयोग स्वरुप उपलब्ध गराएको छ ।

नेपालको दुईदिने भ्रमणमा रहेका मिस्रीले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा ती सहयोग हस्तान्तरण गरेका हुन् ।

नेपाल र भारतबीच राजनीतिक तहमा मात्र नभइ सैनिक र जनस्तरमा समेत ज्यादै न्यानो र प्रगाढ सम्बन्ध रही आएको छ । नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ सेना प्रमुखको सम्मान प्रदान गर्ने अनुपम परम्परा छ । नेपाल र भारतबीच लामो  समयदेखि वार्षिकरुपमा ठूलो सङ्ख्यामा एकअर्का देशमा सैनिक तालिम र प्रशिक्षणका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

एकै खालको भाषा, धर्म र संस्कृतिका तथा पुरानो मित्रवत र खुला सीमाका कारण भारत–नेपालबीच एकअर्का देशमा सहज आवतजावतले मिततालाई जनस्तरमा घनिष्ट तुल्याएको छ ।

हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाली सेनाका उच्च अधिकृत सहभागी थिए । 

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १ : ४४ बजे

बलिउडको चर्चित फिल्म ‘ककटेल’को सिक्वेल बन्ने 

काठमाडौं– बलिउड चर्चित फिल्म ककटेलको सिक्वेल निर्माण हुने भएको छ।

मध्यचमेलिया बनाइरहेको दार्चुला पावरले आईपीओ ल्याउने

काठमाडौँ– दार्चुला पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन

नेप्से नौ अंकले बढ्दा ट्रेडिङ समूहमा आकर्षण, कति भयो कारोबार ?

काठमाडौँ– कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१६

तीनकुनेबाट भारततिर भागेका प्रसाईं भन्छन्- मेरो शासनमा कुनै नेताले भाग्ने मौका पाउँदैनन्

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका

लिङ्देनलाई ‘गाली’ गर्दै पार्टी खोल्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं– गत चैत १५ पत्रकार सुरेश रजक र यातायात मजदुर