विद्याको दाबी : केन्द्रीय कमिटीको निर्णय थाहा भएन, म एमालेकै संगठित सदस्य हुँ   « Khabarhub

विद्याको दाबी : केन्द्रीय कमिटीको निर्णय थाहा भएन, म एमालेकै संगठित सदस्य हुँ  


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार विराटनगर पुगेकी छन्। विराटनगरस्थित उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागी हुन उनी सोमबार विराटनगर पुगेकी हुन् । 

उनले स्वागपछि विराटनगर विमानस्थलमा आफू नेकपा(एमाले) को संगठित सदस्य र कार्यकर्ता नै रहेको बताइन् ।

भण्डारीले नेकपा (एमाले) को नीति र कार्यक्रम अनुसार नै अघि बढ्ने दाबीसमेत गरिन् ।

आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गराउँदै भण्डारीले पार्टीको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गदै आफू एमाले नै भएको बताइन् । उनले एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएकोले अहिले पनि त्यसकै कार्यकर्ता रहेको दाबी गरिन्।

राजतन्त्र र गणतन्त्र फरक रहेको भन्दै उनले पद सकिएपछि पुरानो काममा फर्कन सकिने जिकिर गरिन् । राष्ट्रपतिको पद आवधिक हुने र कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्किन सक्ने उनको भनाइ थियो ।

‘राजतन्त्र र गणतन्त्र फरक हो । यो आवधिक हुन्छ। जोसुकै पनि जनताको सहभागिताले निर्वाचित भएर आउन सक्छ । कार्यकाल सकिएपछि आफ्नो पुरानै जीवनमा फर्कन सकिन्छु, उनले भनिन् । 

सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीको निर्णयबारे सोधिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नभएको जानकारी दिँदै पार्टीको औपचारिक कुरा के छ आफूलाई त्यो थाहा नभएको प्रस्ट पारिन् ।

‘सबै सदस्यहरूलाई सबै कुरा थाहा हुँदैन। कमिटीमा बस्नेहरूलाई थाहा होला,’ उनले भनिन् । उनले आफू अहिले केन्द्रीय समितिमा नरहेको कारण पार्टीको औपचारिक निर्णयबारे जानकारी नभएको स्पष्ट पारिन् ।

भण्डारीले गत साउन १४ गते एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन् । उले केपी ओलीबाट एमालेको नेतृत्व हुन नसक्ने भन्दै अब अध्यक्षको दाबेदारी गर्नेसमेत बताएकी थिइन् । त्यस लगत्तै बसेको एमालेको केन्द्रीय समिति बैठकले उनको नवीकरण भइसकेको पार्टी सदस्यता नै खारेज गरेको थियो । 

उनी सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय एमालेले गरेको भए पनि भण्डारीले आफ्नो अभियान नरोकिने बताउँदै आएकी छन् । 

भण्डारीले आफ्नो सदस्यता पार्टीको विधान र प्रक्रिया अनुसार नवीकरण भइसकेको जिकिरसमेत गरिन् ।

राष्ट्रपतिमा निर्वाचित हुँदा पनि पार्टीले विशेष निर्णय गरेर पठाएको र कार्यकाल सकिएपछि आफूले विधिवत् रूपमा सदस्यता नवीकरण गरेको उनको भनाइ छ ।

आफू आलोचनाभन्दा मुक्त नरहेको उनले बताइन् । गुट चलाएको आरोपको प्रतिवाद गर्दै भण्डारीले भनिन्

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  २ : १७ बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो