‘३६ को आँकडा’मा अभिनय गर्न नेपाल आइन् निरुता, दुई दशकपछि रेखासँग सहकार्य गर्दै « Khabarhub

‘३६ को आँकडा’मा अभिनय गर्न नेपाल आइन् निरुता, दुई दशकपछि रेखासँग सहकार्य गर्दै


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनय गर्न नायिका निरुतासिंह नेपाल आएकी छन् । उनी आइतबार राति मुम्बईबाट काठमाडौं आएकी हुन् ।

यो पटक भने लामो समय फिल्ममा काम गर्ने उद्देश्यले नेपाल फर्किएको निरुताको भनाइ छ । उनले भनिन्, ‘अब म काहीँ पनि जादिनँ । निरन्तर नेपाली फिल्ममा काम गर्छु ।’

कुनै समयकी चर्चित नायिका निरुता अहिले नेपाली फिल्ममा सक्रिय छैनन् । उनी ८ वर्षको विश्रामपछि फिल्म ‘नाइ नभन्नु ल ५’ मा देखिएकी थिइन् । यसमा उनको भूमिका सानो छ ।

सोहीकारण उनले आफ्नो कमब्याक फिल्म ‘दाल भात तरकारी’लाई मान्दै आएकी छन् । यो फिल्म ०७६ वैशाखमा प्रदर्शनमा आएको थियो ।

यस फिल्मपछि उनी ठूलो पर्दामा देखिएकी छैन । स्वास्थ्यले साथ नदिएपछि आफूले ठूलो पर्दामा निरन्तरता दिन नसकेको उनको भनाइ छ ।

यसबारे उनले भनिन्, ‘बीचमा मलाई कोरोना भयो । त्यसकारण मैले फिल्ममा काम गर्न पाइनँ । अब भने कतै जान्नँ ।’

‘३६ को आँकडा’मा निरुताको भूमिकाबारे निर्माण पक्षले केही खुलाएको छैन । निर्देशक श्रेष्ठ पनि उनको भूमिका गोप्य राख्न चाहन्छन् ।

उनी भन्छन्, ‘कुनै कुनै भूमिकामा विशेष एक कलाकारको मात्र आवश्यकता पर्ने रहेछ । यो फिल्ममा पनि निरुता दिदी नै चाहिने भूमिका छ ।’

यस फिल्मको अनाउन्समेन्टर पोस्टर सार्वजनिक भइसकेको छ । जसमा रेखा थापा प्रहरीको भूमिकामा छिन् । अर्की नायिका पूजा शर्मालाई रेखाले हतकडी लगाएर नियन्त्रणमा लिएको देख्न सकिन्छ ।

रेखा र निरुताले दुई दशकपछि एकै फिल्ममा सहकार्य गर्दैछन् । उनीहरुले सहकार्य गरेको फिल्म ‘दुई पल’ सन् २००५ मा प्रदर्शनमा आएको थियो ।

यो फिल्ममा नायिकाहरुमा निरुता, रेखा, पूजा, नायकहरुमा महेश त्रिपाठी र पुष्प खड्का फाइनल भएका छन् । यो फिल्मको छायाङ्क सोमबारबाट सुरु भएको छ ।

यो फिल्म रेखा फिल्मस् र काइट इन्टरटेन्मेटको ब्यानरमा बन्न लागेको हो ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ५ : ४६ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको