लिङ्देनलाई ‘गाली’ गर्दै पार्टी खोल्ने दुर्गा प्रसाईंको घोषणा « Khabarhub

लिङ्देनलाई ‘गाली’ गर्दै पार्टी खोल्ने दुर्गा प्रसाईंको घोषणा


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत चैत १५ पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनपछि जेल पुगेका दुर्गा प्रसाईं पहिलो पटक पत्रकारमाझ सार्वजनिक भएका छन् ।

गत साउन १९ गते डिल्ली बजार कारागारबाट रिहा भएदेखि मौन बस्दै आएका प्रसाईंले सोमबार भक्तपुरस्थित निवासमै पत्रकार सम्मेलन गर्दै अन्य राजावादी दल र समूहलाई सकेसम्म गाली गरेका छन् ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा धोका दिएको पनि आरोप लगाए ।

चैत २६ गते पक्राउ परेका उनी काठमाडौं जिल्ला अदालतको आदेशमा गत जेठ ३० गते डिल्ली बजार कारागारमा चलान भएका थिए।

करिब २ महिना हिरास त र दुई महिना जेल जीवन बिताएर रिहा भएका उनले लिङ्देनसहितका राजावादीलाई सक्दो गालीका शब्द बर्साए । उनले लिङ्देनले धोका दिँदा चैत १५ को आन्दोलन तुहिएको पनि बताए ।

प्रसाईंले लिङ्देनलाई भारतबाट गाडी चोर्दै नेपालमा ल्याएर पार्ट पुर्जा बेचेको आरोप लगाए । ‘चैत १५ को आन्दोलनमा राप्रपाबाट धोका दिए’, उनले लिङ्देनलाई लक्षित गर्दै भने, ‘तिमी जस्तो भारतबाट गाडी चोरेर ल्याउँदै बिर्तामोडमा काटेर बेच्ने मान्छे होइन म ।’

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ३ : १८ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा