महेन्द्रनगर– मधेस प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको मुख्यमन्त्रीले ‘बेटी पढाउ बेटी बचाउ’ योजनाअन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम स्थगित भएको छ ।
मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को बजेटमा छोरी शिक्षा बिमाको लागि बजेट विनियोजन नगरेको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका छोरी शिक्षा बिमा कार्यक्रमका संयोजक प्रियंका यादवले बजेट अभावमा सो कार्यक्रम हाल स्थगित भएको बताए । निर्देशनालयबाट प्राप्त विवरणअनुसार छोरी शिक्षा बिमा कार्यक्रमअन्तर्गत हालसम्म १४ हजार ४५३ जना छोरीको बिमा गरिएको जानकारी दिइएको छ ।
कार्यक्रम संयोजक यादवका अनुसार आव २०७५-७६ मा पाँच हजार ६६६ जना, आव २०७८-७९ मा एक हजार ७०२, आव २०७९-८० मा तीन हजार ३०२ जना, आव २०८०-८१ मा तीन हजार ७८३ जना छोरीको बिमा गरिएको थियो ।
हाल १० हजार छोरीको बिमाको प्रिमियम तिर्न बाँकी छ । कार्यक्रमअन्तर्गत एक जनाको बिमा गर्दा ३७ हजार चार सय ५७ रुपैयाँ ३७ पैसा प्रिमियम तिर्नुपर्छ ।
प्रतिक्रिया