स्वास्थ्य मन्त्रालयद्वारा स्वर्ण प्राशन निर्देशिका स्वीकृत | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयद्वारा स्वर्ण प्राशन निर्देशिका स्वीकृत


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वर्ण प्राशन निर्देशिका स्वीकृत गरेको छ । 

आयुर्वेद चिकित्सा विज्ञानले बालबालिकाको सर्वाङ्गीण विकासका लागि ल्याएको स्वर्ण प्राशन कार्यक्रमलाई थप व्यवस्थितरुपमा सञ्चालन गर्न यो निर्देशिका ल्याएको मन्त्रालयले जनाएको छ ।  

आयुर्वेद चिकित्सा विज्ञानको बालबालिकाको स्वास्थ्य संरक्षण, प्रवर्द्धन उपचार पुनर्स्थापना सम्बन्धी ग्रन्थ कौमारभृत्यको मूल ग्रन्थ काश्यप संहितामा बालबालिकाको सर्वाङ्गीण विकासका लागि  स्वर्ण बिन्दु प्राशनको वर्णन गरिएको छ । 

स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर लेहमा परिणत गरी थोपा अंशको रूपमा सेवन गराइने विधिलाई स्वर्ण विन्दु प्राशन भनिन्छ । बालबालिकाहरूको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णबिन्दु प्राशनको महत्त्वपूर्ण भूमिका रहेको छ । 

यस निर्देशिकाको मुख्य उद्देश्य स्वर्णप्राशनको सुरक्षित, सरसफाइयुक्त र प्रभावकारी रूपमा यसको सेवन सुनिश्चित, पारम्परिक आयुर्वेदिक पद्धतिलाई आधुनिक सुरक्षा र गुणस्तर मापदण्डअनुसार संरक्षण गर्नु रहेको निर्देशिकामा उल्लेख गरिएको छ । 

स्वर्ण विन्दु प्राशनबाट बाल स्वास्थ्य संवर्द्धनको साथै मातृशिशु स्वास्थ्य संवर्द्धनका कार्यक्रम समेत सञ्चालन गर्नका लागि देशभरिका २१ आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेदिक अस्पताल, तथा आयुर्वेद शिक्षण अस्पताललाई मार्गदर्शन प्रदान गरेको छ । निर्देशिका अनुसार स्वर्णबिन्दु प्राशन प्रत्येक महिनामा पुष्या नक्षत्रको दिन उल्लिखित स्वास्थ्य संस्थामा आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा तोकिए बमोजिमको मात्रामा खुवाइनेछ । 

यस कार्यक्रमबाट ६ महिनादेखि ५ वर्षसम्म वर्ष सम्मका बालबालिकाहरू लाभान्वित हुनेछन् र यस कार्यक्रममा ज्वरो, अजीर्ण, झाडा पखाला, आउँ, रुघा खोकी सर्दी मर्की भएका बालबालिकाहरूलाई सहभागी गराइने छैन निर्देशिकामा भनिएको छ । स्वर्णबिन्दु प्राशन कार्यक्रमबाट बालबालिकाको समग्र स्वास्थ्य संरक्षण र प्रवर्द्धन भई रोग प्रतिरोधात्मक क्षमता बढ्ने अपेक्षाका साथ यस वर्षबाट राष्ट्रिय कार्यक्रमको रूपमा सञ्चालन गरिएको छ । आगामी वर्षमा क्रमिक रूपमा आयुर्वेद स्वास्थ्य संस्था रहेका सबै स्थानीय तहमा विस्तार गरिने मन्त्रालयको योजना रहेको छ ।

यी पहिलो चरणमा मार्गदर्शन प्रदान गरेका अस्पताल 

प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङ
त्रि वि आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर
आयुर्वेद चिकित्सालय नरदेवी
राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ
प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढी, सुदूरपश्चिम प्रदेश
प्रादेशिक आयुर्वेद चिकित्सालय, लखनपुर, झापा, कोशी प्रदेश
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,पर्सा, मधेश प्रदेश
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,धनुषा, मधेश प्रदेश
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,सर्लाही,  मधेश प्रदेश
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौं, बागमती प्रदेश
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुर, बागमती प्रदेश
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भक्तपुर, बागमती प्रदेश
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन बागमती प्रदेश
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट, बागमती प्रदेश
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुर,  बागमती प्रदेश
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरङ, कोशी प्रदेश 
गण्डकी आयुर्वेद अस्पताल, पोखरा, गण्डकी प्रदेश 
धौलागिरि आयुर्वेद अस्पताल, बागलुङ, गण्डकी प्रदेश
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तनहुँ, गण्डकी प्रदेश
लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवल, लुम्बिनी प्रदेश 
राप्ती आयुर्वेद चिकित्सालय, दांग, लुम्बिनी प्रदेश
बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र, गुलरिया, लुम्बिनी प्रदेश
प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेत , कर्णाली प्रदेश 
आयुर्वेद स्वास्थ्य केन्द्र, दैलेख, कर्णाली प्रदेश
आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्ला, कर्णाली प्रदेश

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ४ : ४५ बजे

युक्रेन शान्ति वार्ता : सबै पक्षलाई शीघ्र सम्झौतामा पुग्न चीनको आह्वान

बेइजिङ– चीनले सोमबार वासिङ्टनमा हुने युक्रेन शान्ति वार्तामा संलग्न ‘सबै

पूर्व-पश्चिम राजमार्ग विस्तार र मर्मतमा ढिलाइ

भीमदत्त– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक विस्तारले गति लिन

नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना पक्राउ

भैरहवा– प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई

हिरा चोरेको आरोपमा तीन व्यक्ति दुबई प्रहरीको नियन्त्रणमा

एजेन्सी– दुबई प्रहरीले दुई करोड ५० लाख अमेरिकी डलर बराबरको