नेपालमा रुबेला रोग निवारण भएको डब्ल्यूएचओको घोषणा « Khabarhub

नेपालमा रुबेला रोग निवारण भएको डब्ल्यूएचओको घोषणा


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालमा रुबेला रोग निवारण भएको घोषणा गरेको छ । 

डब्ल्यूएचओले आज विज्ञप्ति निकालेर जनस्वास्थ्य समस्याका रूपमा रहेको रुबेला रोग नेपालबाट निवारण भएको घोषणा गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्व एशिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले निकालेको विज्ञप्तिमा नेपालले प्राप्त गरेको सफलताले शिशुहरूका लागि स्वस्थ जीवनको शुरुआत र रुबेलामुक्त भविष्य सुनिश्चित गरेको उल्लेख छ ।

विज्ञप्तिमा स्वयंसेविकाहरूको निरन्तर सहयोग, स्वास्थ्यप्रति आमसमुदायको चासो र सहयोगको परिणाम यो उपलब्धि प्राप्त भएको उल्लेख छ । 

नेपाल दक्षिण–पूर्वी एशिया क्षेत्रमा रुबेला निवारण गर्ने छैटौँ देश बनेको छ । दादुराजस्तै देखिने रुबेला अर्थात् जर्मन दादुरा भाइरसको सङ्क्रमणबाट हुने अति सङ्क्रामक रोग हो । यस रोगले विशेषगरी गर्भवती महिलामा जटिलता निम्त्याउँछ । 

यसका कारण गर्भपतन हुने, मृत शिशु जन्मिने वा बच्चालाई जीवनभर असर पार्ने अपाङ्गता लगायतका समस्याहरू देखिने डब्ल्यूएचओले जनाएको छ । 

रुबेलालाई खोपबाट रोकथाम गर्न सकिन्छ । नेपालले सन् २०१२ मा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै देशव्यापी अभियानमार्फत रुबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको थियो । 

सन् २०१६ मा रुबेला खोपको दोस्रो मात्रा पनि राष्ट्रिय खोप तालिकामा थप गरिएको हो ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ५ : १३ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका