सडक अवरुद्ध भएपछि ‘द क्लिफ’ पुलबाट एक महिनासम्म निःशुल्क हिँड्न दिइने « Khabarhub

सडक अवरुद्ध भएपछि ‘द क्लिफ’ पुलबाट एक महिनासम्म निःशुल्क हिँड्न दिइने


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

कुश्मा- पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीमाथि निर्मित एशियाकै नमुना ‘दि क्लिफ’ पुल बागलुङ नगरपालिकाका नागरिकलाई एक महिनासम्म निःशुल्क खुला गरिएको छ। परिचयपत्रका आधारमा उक्त पुलमा नि:शुल्क हिँड्न सकिने कम्पनीले जनाएको छ।

लगातारको भारी वर्षाका कारण बागलुङका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भई यातायात अवरोध भएपछि द क्लिफले स्थानीयलाई राहतस्वरूप यो विशेष सुविधा दिने भएको हो।

सडक अवरुद्ध हुँदा स्थानीयको दैनिक जीवनमा प्रत्यक्ष असर पुगेको अवस्थालाई मध्यनजर गर्दै पुलबाट आवतजावत सहज होस् भनेर यो योजना ल्याइएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।

विपद्को समयमा सहज आवतजावतका लागि गरिएको यो व्यवस्था स्थानीयलाई ठूलो राहत हुने अपेक्षा गरिएको छ।

लामो समयदेखि यो पुल, बागलुङका कृषि उत्पादन कुश्मा बजारसम्म पुर्‍याउने पुल बन्दै आएको छ ।

विद्यार्थीहरूलाई पढ्न जान, कर्मचारीलाई जागिरमा पुग्न, बजार आवतजावत र सामान्य दैनिकीलाई सस्तो र छिटो बनाएको छ। नियमित प्रयोगकर्ताका लागि मासिक पासको सुविधा छ।

५२० मिटर लम्बाइ र २२८ मिटर उचाइको यो पुलले कुश्मा–बलेवा मात्र नभई, सम्पूर्ण क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक आवतजावतलाई जोड्ने महत्त्वपूर्ण आधार बनेको छ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ६ : ३६ बजे

सम्पत्तिबारे शंका गरिएपछि गृहमन्त्रीले भने : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफूहरूको सम्पत्ति विवरणबारे चित्त नबुझाउनेहरूलाई कडा

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका अवसरमा

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।