रुसको रियाजानमा कारखाना विस्फोट : २० जनाको मृत्यु, १३४ घाइते « Khabarhub

रुसको रियाजानमा कारखाना विस्फोट : २० जनाको मृत्यु, १३४ घाइते


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसको रियाजान क्षेत्रको शिलोभ्स्की जिल्लामा अवस्थित एक कारखानामा भएको विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ । यस्तै एक सय ३४ जना घाइते भएको क्षेत्रीय परिचालन मुख्यालयले जनाएको छ ।

रुसी समाचार एजेन्सी (तास)का अनुसार घाइतेमध्ये ३१ जनाको अस्पतालमा उपचार भइरहेको छ भने एक सय तीन जनालाई बाह्य बिरामीका रूपमा उपचार दिइएको छ ।

सम्बन्धित अधिकारीहरूले खोज तथा उद्धार कार्य अझै जारी रहेको बताएका छन् ।

रियाजान क्षेत्र रसायन, धातु र प्लास्टिकसहितका धेरै ठूला औद्योगिक कारखानाको केन्द्र मानिन्छ । पछिल्ला दशकमा यहाँ अनेकौँ औद्योगिक दुर्घटना भएका छन् जसले ठूलो मानवीय क्षति र घाइते निम्त्याएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ८ : ०४ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको