च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत « Khabarhub

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित च्याङ्ग्रा जोन कार्यक्रममा हालसम्म ७८ वटा कृषि तथा पशु फार्म, समूह, सहकारी र निजी कम्पनी सूचीकृत भएका छन् । यहाँ आर्थिक वर्ष २०७८/०७९ देखि च्याङ्ग्रा जोन कार्यक्रम कार्यान्वयनमा छ ।

जोनको लक्ष्य जिल्लाका च्याङ्ग्रा पालक किसानलाई बढीभन्दा बढी आबद्धता गराउने रहे पनि लक्ष्यअनुसार सूचीकृत हुन नसकेको कार्यालय प्रमुख भरत गौतमले बताए । सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा च्याङ्ग्रापालक किसानलाई जोनमा आबद्ध गरिएको उनले बताए।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङका अनुसार यहाँको बारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका १५ वटा वडाका च्याङ्ग्रापालक किसान च्याङ्ग्रा जोन कार्यक्रममा सूचीकृत भएका हुन् । यहाँको घरपझोङ र थासाङ गाउँपालिकाबाट कुनै पनि च्याङ्ग्रापालक व्यवसायीले जोनमा सूचीकृत हुन आवेदन पेस गरेनन् ।

मुस्ताङमा ५६ हजार च्याङ्ग्रा र पाँच हजार ५०० को हाराहारीमा च्याङ्ग्रापालन भइरहेको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ । तर, यहाँको सङ्घीय च्याङ्ग्रा जोन कार्यक्रममा ७८ वटा सूचीकृत फार्म, समूह, सहकारी र निजी कम्पनीका गरी १९ हजार ९९४ वटा मात्रै च्याङ्ग्रा पालन भइरहेको छ ।

च्याङ्ग्रा जोनमा पालन गरिएका च्याङ्ग्राको सङ्ख्यामध्ये १२ हजार बढी च्याङ्ग्राका माउ रहेको कार्यालयले जनाएको छ । जिल्लामा भएका च्याङ्ग्रापालनको कूल सङ्ख्यामध्ये जोनमा आबद्ध भएका किसानको च्याङ्ग्राको सङ्ख्या करिब ३३ प्रतिशत मात्रै हो ।

यहाँको च्याङ्ग्रा जोन सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङले जोनमा सूचीकृत हुन नसकेका च्याङ्ग्रा पालकलाई संस्था दर्ता र स्थानीय तहको सिफारिसमा कार्यालयबाटै जुनसुकै बेला सूचीकृत गराउन सकिने कार्यालय प्रमुख गौतमको भनाइ छ ।

मुस्ताङबाट बर्सेनि औसत १० देखि २० हजारको हाराहारीमा च्याङ्ग्रा बिक्रीका लागि जिल्ला बाहिर पठाइन्छ । च्याङ्ग्रा जोनमा आबद्ध किसानको च्याङ्ग्रा वार्षिक औसत पाँच हजारको सङ्ख्यामा जिल्लादेखि बाहिरिने गरेको छ ।

मुस्ताङका किसानले मुख्यगरी मासु उत्पादनका लागि च्याङ्ग्रापालन गर्ने गर्छन् । पछिल्लो समय च्याङ्ग्राको रौँबाट पश्मिना उत्पादनतर्फ पनि आकर्षित हुन थालेका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङले च्याङ्ग्रा जोनमा सूचीकृत किसानलाई विभिन्न शीर्षकमा अनुदान सहुलियत दिने गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ९ : २४ बजे

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ– केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू सुनसान भएका

यातायात क्षेत्र सुधारका लागि सक्रिय भयो उच्चस्तरीय आयोग, एक महिने म्यान्डेट 

काठमाडौं– सरकारद्वारा गठित यातायात क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोगले औपचारिक रूपमा

भिरबाट लडेर एक जनाको मृत्यु

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु

पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा १९ अर्ब

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न