पाकिस्तानमा आएको बाढीमा एक हजारभन्दा धेरैको मृत्यु भएको आशङ्का « Khabarhub

पाकिस्तानमा आएको बाढीमा एक हजारभन्दा धेरैको मृत्यु भएको आशङ्का


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानी प्रधानमन्त्रीका संयोजक इख्तियार वली खानले खैबर पख्तुनख्वा प्रान्तमा आएको विशाल बाढीमा एक हजारभन्दा बढी मानिसको मृत्यु हुनसक्ने गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

वलीले आफूले व्यक्तिगत रूपमा बाढी प्रभावित क्षेत्रहरू भ्रमण गरेको र ठूलो विनाश देखेको बताए । उनले बुनेरको चघर्जी क्षेत्रमा व्यापक क्षति भएको र बासोनी गाउँ नक्साबाट नै हराएको जानकारी दिए ।

“बाढीको पानीले बोकेका केही चट्टानहरू ट्रकभन्दा ठूला थिए । घरहरू नदीमा बगाइएका छन्, सम्पूर्ण परिवारहरू हराएका छन् र रिपोर्ट गर्ने कोही छैन”, उनले भने ।

उनले आधिकारिक तथ्याङ्कले अस्पतालमा ल्याइएको शवहरू मात्रै देखाएको तर धेरै हताहत अझै रिपोर्ट हुन बाँकी रहेको बताए ।

एआरवाई न्युजका अनुसार करिब एक हजारभन्दा बढी मानिस अझै बेपत्ता छन् र सामूहिक अन्त्येष्टि जारी छ । वलीले बाढीको दृश्य देखेर आफैँ भारी मन लिएर फर्केको बताए ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार, २६ जुनदेखि देशभरि वर्षासँग सम्बन्धित घटनामा कम्तीमा छ सय ५७ जनाको मृत्यु भइसकेको छ र नौ सय २९ जना घाइते भएका छन् । मृतकमध्ये एक सय ७१ जना बालबालिका र ९४ जना महिला छन् ।

खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ तीन सय ९० जनाको मृत्यु भएको छ भने दुई सय ४५ जना घाइते भएका छन् । प्राधिकरणले प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्यलाई तीव्र बनाउन प्रान्तीय अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ९ : २३ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै