धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी « Khabarhub

धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भोजपुर– १८७२ सालमा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा नेपालमै एक मात्र टक काट्ने स्थल भोजपुरको ऐतिहासिक टक्सार बजार स्थापना गरिएको इतिहास छ । यो सहरका मुख्य पहिचानका रूपमा यहाँ ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्त्वका मठमन्दिरहरू रहेका छन् ।

टक्सार बजार र आसपासमा २० वटाभन्दा बढी धार्मिक तथा सांस्कृतिक स्थलहरू छन्, जसमा ऐतिहासिक शाक्यमुनि बौद्धविहार, राममन्दिर, मच्छिन्द्रनाथ, शिवमन्दिर, हनुमान मन्दिर, गणेशलगायत दर्जनौँ बढी मठमन्दिर तथा विहारहरू पर्दछन् । यिनै सम्पदाहरू संरक्षण र रेखदेखको अभावमा ओझेलमा पर्दै गएका छन् ।

यी सम्पदाको उचित रेखदेख र व्यवस्थापन नहुँदा पूजाआजा गर्ने तीर्थालुसमेत घट्दै गएको स्थानीयको गुनासो छ । स्थानीय सानुकाजी शाक्य काठमाडौं उपत्यकाको पाटनमा रहेका मठमन्दिर जत्तिकै महत्तव बोकेका यहाँका मठमन्दिरको जीणोद्धार हुन नसक्दा समस्या भएको बताउँछन् । यसलाई दोस्रो मिनी पाटनका रूपमा पनि चिन्ने गरिन्छ । पाइलैपिच्छे भेटिने टक्सारका मठमन्दिरहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएकाले सरोकार भएकाहरूले यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

स्थानीय किशोर ताम्राकार यहाँ रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा राज्य पक्षबाट सहयोग हुनुपर्ने बताउँछन् । ‘इतिहास बोकेको टक्सारलाई पहिलाकै अवस्थामा फर्काउन गुरुयोजनासहित काम गर्न आवश्यक छ । टक्सारको प्रचार–प्रसारका लागि स्थापना गरिएको भोजपुर सङ्ग्रहालयबारे पनि उचित ध्यान दिन आवश्यक छ’, उनले भने ।

यशोधरा माध्यामिक विद्यालय टक्सारका प्रधानाध्यापक ध्रुवराज रेग्मीले सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्वसँग सम्पदाको विकासका लागि स्थानीय निकायले योजनाबद्ध रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘टक्सारका ऐतिहासिक सम्पदा संरक्षणका लागि स्थानीय नागरिक, स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले समेत ध्यान दिनु आवश्यक छ । नभए यहाँको पहिचान नै गुम्नसक्छ ।’ (रासस)

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ६ : ४० बजे

यी आठ आधार देखाउँदै कांग्रेसले स्वीकार गरेन सभापति गगन थापाको राजीनामा

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा

‘स्वास्थ्य क्षेत्रमा समस्या पहिचानसहित समाधानको कदम’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य क्षेत्रमा समस्या

कांग्रेसले स्वीकार गरेन सभापति गगन थापाको राजीनामा

काठमाडौं- नेपाली कांग्रेसको शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार

अर्थमन्त्रीमा स्वर्णिम वाग्ले निर्विकल्प !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्लेलाई नै अगाडि

वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण

काठमाडौं– शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा