‘हेरा फेरी– ३’ बाट बाहिरिँदा तनाव बढेको परेश रावलको स्वीकारोक्ति « Khabarhub

‘हेरा फेरी– ३’ बाट बाहिरिँदा तनाव बढेको परेश रावलको स्वीकारोक्ति


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडको लोकप्रिय कमेडी फ्रेन्चाइज ‘हेरा फेरी’ को तेस्रो भाग ‘हेरा फेरी– ३’ पछिल्ला महिनाहरूमा विवादका कारण लगातार चर्चामा रह्यो ।

अभिनेता परेश रावलले अचानक फिल्म छाड्ने घोषणा गरेपछि ठूलो हंगामा भएको थियो । यसबीचमा उनी र अक्षय कुमारबीच मतभेद भएकोसमेत खबर बाहिर आएको थियो । तर पछि परिस्थिति बदलियो र रावल पुनः फिल्ममा फर्किए ।

हाल आफ्नो नयाँ फिल्म ‘अजय : द अनटोल्ड स्टोरी’ को प्रमोसनमा व्यस्त रहेका परेश रावलले न्यूज १८  सँगको अन्तर्वार्तामा ‘हेरा फेरी– ३’ सम्बन्धी महत्त्वपूर्ण जानकारी दिएका छन् ।

अभिनेता परेश रावलका अनुसार, फिल्ममा काम भइरहेको  र अर्को वर्ष फागुन–चैत्र (फेब्रुअरी–मार्च) बीच सुटिङ सुरु हुनेछ ।

फिल्म छाड्दा निर्देशक प्रियदर्शन र अभिनेता अक्षय कुमार दुवै असन्तुष्ट भएको चर्चा चलेको थियो । त्यतिबेला अक्षयले कानूनी कदम चालेको दाबीसमेत गरिएको थियो । तर रावलले सम्बन्धमा कुनै दरार नपरेको प्रष्ट पारेका छन् । उनले भने, ‘धेरै कुरा भयो तर त्यसले मेरो प्रियदर्शनसँगको सम्बन्ध बिगारेन । बरु त्यो घटनाले हाम्रो सम्बन्ध अझ मजबुत बनाएको छ । अहिले हामीबीच कुरा एकदमै स्पष्ट र पारदर्शी छ।’

जेठ महिनामा अभिनेता परेश रावलले फिल्म छाड्ने घोषणा गरेपछि निर्देशक र सह–कलाकार अचम्ममा परेका थिए । यसले प्रशंसकहरूलाई निराश तुल्याएको थियो । तर अक्षय कुमारले सार्वजनिक कार्यक्रममा समेत रावलप्रति सम्मान व्यक्त गरेका थिए । त्यसयता, रावलले एक पडकास्टमार्फत आफू फेरि फिल्ममा फर्किएको जानकारी दिएका थिए ।

‘हेरा फेरी’ फ्रेन्चाइज सन् २००० देखि नै दर्शकको मनमा बसेको सफल कमेडी शृङ्खला हो। अब यसको तेस्रो भागबाट फ्यानहरूको अपेक्षा झन् बढेको छ। सबैको नजर अब सुटिङ सुरु हुने मिति र अन्ततः फिल्मको रिलिजमा रहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ७ : ४१ बजे

काठमाडौं उपत्यकामा रास्वपाको घण्टी अभियान (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं

निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र

चितवन– फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सबै

मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग

दाङ– मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूलाई निकै समस्या

बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आवश्यक

सवारी दुर्घटनामा एकजनाको मृत्यु, एक गम्भीर घाइते

झापा– झापाको बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गएराति