गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा | Khabarhub Khabarhub

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।

सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयहरुबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा चार जना व्यवसायीविरुद्ध दायर गरिएको हो ।

कार्यालय प्रमुख बिमला पोखरेलका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा मकवानपुरका तीन र सिन्धुलीका एक व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दुई, जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा एक र मकवानपुर जिल्ला अदालतमा एक जनाविरुद्ध मुद्दा दायर गरिएको प्रमुख पोखरेलले बताए ।

अनुगमनका क्रममा सङ्कलन गरिएका नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुने गरी मिसावट गरेका, म्याद गुज्रेको समान बिक्री गरेका व्यवसायीविरुद्ध  मुद्दा दायर गरिएको हो ।

विभिन्न उद्योगबाट सङ्कलित दुई हजार ८२ नमूना परीक्षण गरिएको प्रमुख पोखरेलले बताए । सो अवधिमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेबल विवरण नभएका, सडेगलेकालगायतका अखाद्य भएका नौ लाख ९५ हजार बराबरको वस्तु जफत गरी सरोकारवालाको रोहबरमा नष्ट गरिएको थियो ।  

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १० : १४ बजे

तीन दिनमा मुस्ताङ भन्सारमा ९ करोड ७० लाख राजस्व सङ्कलन

मुस्ताङ– मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा नौ करोड

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी– लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

उदयपुर– कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क

जहाँ बाँस त्यहाँ जीवन

धन र सम्पत्ति घरमै झोलामा,बाँसको डोलामा लान्छन् खोलामा।प्रस्तुत गीतको नेपाली

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी