फासीवादविरोधी अभियान एन्टिफालाई ट्रम्पले घोषणा गरे आतङ्ककारी संगठन « Khabarhub

फासीवादविरोधी अभियान एन्टिफालाई ट्रम्पले घोषणा गरे आतङ्ककारी संगठन


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई फासीवादविरोधी दाबी गर्ने अभियानलाई आतङ्ककारी सङ्गठन घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले ‘एन्टिफा’ अर्थात् ‘एन्टिफासिस्ट एक्सन’ अभियानलाई आतंककारी सङ्गठनको घोषणा गरेका हुन् ।

अमेरिकी दक्षिणपन्थी अभियन्ता चार्ली कर्कको हत्यापछि ट्रम्पले यस्तो घोषणा गरेका हुन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले यस्तो अभियानलाई आर्थिक सहायता दिनेविरुद्ध पनि अनुसन्धान हुनुपर्ने उल्लेख गरेका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार एन्टिफा विभिन्न वामपन्थी एवम् अनार्किस्ट भनिने अराजकतावादी संगठन आबद्ध सञ्जाल हो । यस अभियानको कुनै केन्द्रीकृत नेतृत्व वा सङ्गठनात्मक संरचना छैन ।

यो अभियानले लामो समयदेखि ट्रम्प प्रशासनको विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ३ : २० बजे

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके– नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन

कास्कीमा उम्मेदवारी मनोनयनको तालिका यस्तो छ 

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन