‘ओस्कार’मा ‘अञ्जिला’ जाने भएपछि ‘गुन्यो चोलो’ निर्देशक आक्रोशित, लगाइन् आर्थिक चलखेलको आरोप « Khabarhub

‘ओस्कार’मा ‘अञ्जिला’ जाने भएपछि ‘गुन्यो चोलो’ निर्देशक आक्रोशित, लगाइन् आर्थिक चलखेलको आरोप


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एकेमेडी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सले सन् २०२६ मा घोषणा गर्ने ९८ औं एकेडेमी अवार्ड ‘अस्कर अवार्ड’का लागि नेपालबाट फिल्म ‘अञ्जिला’ छनोट भएको छ ।

अन्तर्राष्ट्रिय फिचर चलचचित्र छनोट समिति नेपालका अनुसार अस्कारमा प्रतिस्पर्धा गर्न दुई फिल्महरू ‘अञ्जिाला’ र ‘गुन्यो चोलो– द ड्रेस’ प्रक्रियामा आएका थिए ।

फिल्मको प्राविधिक पक्ष, कथाको प्रस्तुती, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी अस्करको नेपाली प्रतिस्धपर्धी बनाइएको समितिका अध्यक्ष विमल पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अब ओस्कारमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा ‘अञ्जिला’ प्रतिस्पर्धा गर्ने पक्का भएको हो ।

‘अञ्जिला’ नेपाली राष्ट्रिय महिला फुटबल टिमकी तत्कालीन कप्तानको अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म हो । यस फिल्ममा अञ्जिला, नायक दयाहाङ राई र नायिका सिर्जना सुब्बा शीर्ष भूमिकामा रहेका छन् ।

यो ०८२ साल फागुनमा प्रदर्शनमा आएको हिट फिल्म हो ।

निर्देशक भट्टको आरोप

अस्कोरमा प्रतिस्पर्धामा जान प्रक्रियामा सहभागी भएको ‘गुन्यो चोलो’की निर्देशक समुन्द्र भट्ट आक्रोशित भएकी छन् । समितिले आफ्नो फिल्मलाई ओस्करमा नपठाएका कारण उनी आक्रोशित देखिएकी हुन् ।

उनले यो फिल्मलाई फेस्टिभल तार्गेट गरेर बनाएकी थिइन् । समिति आर्थिक प्रलोभनमा परेर आफ्नो फिल्मलाई चयन नगरेको उनको आरोप छ ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो देशमै बसेर नयाँ विषयवस्तुमा काम गर्ने, आफ्नै सिर्जनाले अन्तर्राष्ट्रिय स्तरमा देशलाई प्रतिनिधित्व गर्ने सपना बोकेर हिँड्नु आजभोलि असम्भवजस्तो लाग्न थालेको छ। हामीले ओस्करका लागि भनेर रातदिन खटेर गरेको मिहिनेत, पैसाको खेलले ओझेल पारिदिएको देख्दा मन अत्यन्त पीडित हुन्छ।’

उनले यो घटनालाई अवसर पैसामा किनबेच भएका रुपमा बुझेकी छन् ।

उनले समितिका प्रतिसदस्यले एक–एक लाख लिएर ‘अञ्जिला’लाई ओस्करमा पठाएको गम्भीर आरोप पनि लगाएकी छन् ।

उनले लेखेकी छन्, ‘सायद मलाई चिनेको जस्तो छैन ओस्कार कमिटीले। मसँग मागेको भए १(१ लाख होइन, म त हरेकलाई १०-१० लाखै दिन्थेँ नि, हाहाहा कति हाँस्नु ।’

‘गुन्यो चोलो’मा नायक नाजिर हुसेन शीर्ष भूमिकामा छन् । यो अहिले पनि नेपाली हलमा प्रदर्शनरत छ ।

निर्देशक भट्टको स्ट्याट्स :

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ६ : २० बजे

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको