दशैँका लागि नागरिक सहायता कक्ष सञ्चालन « Khabarhub

दशैँका लागि नागरिक सहायता कक्ष सञ्चालन


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक कार्यालयले चाडपर्वलक्षित नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।  

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क लगायतका विभिन्न स्थानमा ट्राफिक कार्यालयले नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको हो । 

चाडपर्वलक्षित नागरिक सहायता कक्षको बिहीबार गोंगबुस्थित नयाँ बसपार्कमा आयोजित एक कार्यक्रमकाबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले उद्घाटन गरे  ।

कार्कीले चाडपर्वका अवसरमा यात्रा गर्ने यात्रुहरूलाई नागरिक सहायता कक्षबाट आवश्यक सेवा दिइने बताए । उनले यसअघि भएका कमीकमजोरीलाई सुधार गर्दै नागरिकमैत्री भएर काम गर्ने उल्लेख गरे । नागरिक र युवाहरूले उठाएका जायज विषयहरूलाई आत्मसाथ गर्दै जनताको सेवामा क्रियाशील हुने उनले बताए । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउदै अघि बढ्ने बताए  । उनले सबै क्षेत्र एकजुट भएर मुलुकलाई अघि बढाउन लाग्नुपर्नेमा जोड दिए । 

चाडपर्वका समयमा यात्रुहरूलाई गन्तव्यमा पुराउनका लागि यातायात व्यवसायी नागरिकमुखी भएर लाग्ने उनले बताए । 

नयाँ बसपार्कसहित उपत्यकाका १५ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ । तोकिएको भाडादर भन्दा बढी लिए/नलिएको हेर्ने, काउन्टरहरुमा भाडा दरको रेटबोर्ड टाँस्न लगाउने, फर्जी टिकट काट्नेहरूमाथि निगरानी राख्ने, यात्रुका समस्याहरू सुन्ने तथा समाधान गर्ने लगायतका काम नागरिक सहायता कक्षबाट हुने ट्राफिक कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ४ : ४९ बजे

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले