राजदूतप्रति कटाक्ष गर्दै ट्रम्पकी विश्वासपात्र भन्छिन्- नेपालमा आन्दोलन हुनुको कारण यूएसएडप्रेरित भ्रष्टाचार « Khabarhub

राजदूतप्रति कटाक्ष गर्दै ट्रम्पकी विश्वासपात्र भन्छिन्- नेपालमा आन्दोलन हुनुको कारण यूएसएडप्रेरित भ्रष्टाचार


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी विश्वासपात्र एवम् दक्षिणपन्थी अभियन्ता लउरा लुमरले नेपालमा भएको जेनजी आन्दोलनबारे कडा टिप्पणी गरेकी छिन् । उनले नेपालमा युवाहरुको आन्दोलन निम्त्याउन अमेरिकी सहायता नियोग यूएसएडबाट प्रेरित भ्रष्टाचार कारक रहेको टिप्पणी गरेकी हुन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले नेपालका लागि अमेरिकी राजदूतप्रति पनि कटाक्ष गरेकी छिन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘बाइडेनले नियुक्त गरेका अमेरिकी राजदूत डिन थोम्पसन अझै ट्रम्प प्रशासन मातहत आफ्नो पदमा रहँदा यूएसएडप्रेरित भ्रष्टाचारविरुद्ध युवाको विद्रोहपछि नेपालको सरकार ढलेको छ ।’

उनले नेपालमा अमेरिकी करदाताको पैसाका कारण भ्रष्टाचार बढिरहेको पनि टिप्पणी गरेकी छिन् । उनले नेपालमा भ्रष्टाचार बढ्नुमा यूएसएडका साथै सोरोसबाट आर्थिक सहायताप्राप्त नीति फाउन्डेसनजस्ता विश्ववादी साझेदारहरुले नेपालमा लोकतन्त्रको निर्माण गर्न दशौँ लाख डलर खर्च गरेको पनि आरोप लगाइन् ।

उनले लेखेकी छिन्, ‘अमेरिकी करदाताको डलरको सहारामा भएको भ्रष्टाचारको फोहोरी खाडल उजागर गरेको युवा आन्दोलनले सेप्टेम्बर २०२५ मा नेपालको सरकार ढाल्यो । सोरोसको आर्थिक सहायताप्राप्त नीति फाउन्डेसनजस्ता विश्ववादी साझेदारसँगै यूएसएडले लोकतन्त्र निर्माणजस्ता कार्यक्रममार्फत खर्च गरेको दशौँ लाख डलर नेपालका अभिजात वर्गको खल्तीमा गयो, यसका संस्थाहरु खोक्रो भए र क्रान्तिको झिल्को निम्त्यायो ।’

उनले नेपालका लागि अमेरिकी राजदूतबारे पनि कठोर टिप्पणी गरेकी छिन् । उनले लेखेकी छिन्, ‘जो बाइडेनले डिन थोम्पसनलाई सन् २०२२ मा नेपालका लागि अमेरिकी राजदूत नियुक्त गरेका थिए । नेपाल सङ्कटमा पर्दै गर्दा राजदूत थोम्पसन बाइडेन कालको पुरानै भ्रष्टाचारमा कायम रहे, जुनविरुद्ध नेपालका जनता आन्दोलित भएका थिए ।

उनले ट्रम्प प्रशासनमा डिन थोम्पसन सैद्धान्तिक रुपमा पनि अनुकूल नरहेको उल्लेख गरेकी छिन् । उनले आफ्नो कार्यकालमा थोम्पसनले नेपालमा ‘परलैङ्गीक एजेन्डा’ बारे पैरवी गरेको पनि उल्लेख गरेकी छिन् । थोम्पसनले नियमित रुपमा आफ्नो आधिकिारिक राजदूत र दूतावास सामाजिक सजालमार्फत् एलजीबीटीक्यूबारे पैरवी गर्दै आएको पनि आरोप लगाइन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ५ : ४९ बजे

दल दर्ता गर्दैमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्न मिल्दैन: शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा राजनीति दलहरू

एकताका विषयमा भएका छलफलबारे रास्वपाको सचिवालय बैठकमा ब्रिफिङ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा एकता तथा सहकार्यका लागि विभिन्न व्यक्ति

१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः

‘डिजिटल हिंसा पनि हिंसा हो’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको

सरकारको प्राथमिकता नै निर्वाचन हो: गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले