यो यो हनी सिंहको ‘मखना’ विवाद ६ वर्षपछि सकियो | Khabarhub Khabarhub

यो यो हनी सिंहको ‘मखना’ विवाद ६ वर्षपछि सकियो


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन्  २०१९ मा रिलिज भएको यो यो हनी सिंहको हिट गीत गीत  ‘मखना’ ले युट्युबमा रातारात मिलियन भ्यूज पायो, तर गीतको लोकप्रियतासँगै र्‍यापर कानुनी विवादमा फसे। पन्जाब राज्य महिला आयोगकी अध्यक्ष मनिषा गुलाटी र एएसआई लखविंदर कौरले गीतमा प्रयोग भएका शब्दलाई मुद्दा बनाउँदै एफआईआर दर्ता गराएका थिए।

६ वर्षको कानुनी झमेलापछि मोहाली राष्ट्रिय लोक अदालतले उक्त मुद्दा रद्द गर्ने निर्णय सुनाएको छ। मटौर प्रहरी चौकीमा दर्ता भएको एफआईआरको रद्दीकरण रिपोर्ट पनि दर्ता भइसकेको छ। अदालतमा बयान दिएकी एएसआई लखविंदर कौर र मनिषा गुलाटीले यस निर्णयमा कुनै आपत्ति नभएको जनाएका थिए।

यो निर्णयपछि  हनी सिंहलाई कानुनी राहत प्राप्त भएको छ । अहिलेसम्म र्यापरको तर्फबाट यसबारे कुनै बयान आएको छैन, तर फ्यानहरू छिट्टै उनी खुशी व्यक्त गर्ने अपेक्षामा छन्।

व्यक्तिगत जीवनमा,  हनी सिंह विदेशी महिलासँग प्रेममा रहेको खबर बाहिर आएको छ र हाल दुबईमा बस्दै आएका छन्। यसका साथै उनी छिट्टै नयाँ गीतहरू रिलिज गर्ने तयारीमा छन्।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ५ : ४० बजे

कविता : ऐठन

साँच्चै,म सपनामा छुया विपनामा ?न निदाएको छु,न म ब्युँझेकै छु।सायद

दीपक आचार्यको ‘परान’ कात्तिक १४ मा

काठमाडौं – हाँस्य टेलिभिजन सिरियल ‘भद्रगोल’ र ‘सक्किगोनि’बाट चर्चामा आएका

जल्यो यातायात विभाग, सुरू भयो सवारी चालकको सास्ती (तस्बिरहरू)

काठमाडौँ- भदौ २४ गते जेन-जीका नाममा भएको उग्र प्रदर्शनका क्रममा

एमाले अध्यक्ष ओली १० दिनपछि सैनिक ब्यारेकबाट भक्तपुरको गुन्डु झरे

काठमाडौँ- निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली