लोकतन्त्रको रक्षा गर्न अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको आग्रह « Khabarhub

लोकतन्त्रको रक्षा गर्न अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको आग्रह


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयुसी) एसिया प्रशान्त क्षेत्रले लोकतन्त्र र श्रमिक अधिकारको रक्षाका लागि नेपाल सरकारलाई आग्रह गरेको छ ।

आईटीयुसी एसिया प्रशान्त क्षेत्रका महासचिव शोया योशिदाले आज एक विज्ञप्ति जारी गरी नेपालमा पछिल्लो समय भएको घटनाप्रति दुःख व्यक्त गर्दै लोकतन्त्रको रक्षा र श्रमिक अधिकार स्थापनाका लागि आग्रह गरेका हुन् ।

आइटियुसीले ‘जेनजी’ प्रदर्शनका कारण श्रमिक अधिकार खोसिन सक्ने जोखिम बढेको भन्दै यसको रक्षाका लागि सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिइएको छ । नेपालले कामदारको अधिकार, सम्मानजनक रोजगारी र सामाजिक सुरक्षालाई केन्द्रमा राख्दै लोकतान्त्रिक नवीकरण र प्रणालीगत सुधार गर्नुपर्ने योशिदाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल अहिले राजनीतिक र संवैधानिक अनिश्चितताको सामना गरिरहेका छ । वर्तमान समयमा दिगो स्थिरताका लागि लोकतान्त्रिक नवीकरण र सुधार आवश्यक छ, जसले श्रमिक जनतालाई सेवा प्रदान गर्दछ, लोकतन्त्रले नै कामदारको सुरक्षा गर्ने भएकाले लोकतन्त्रको रक्षामा सबै लाग्नुपर्छ’, महासचिव  योशिदाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आइटियुसी एसिया प्रशान्तले प्रदर्शनका क्रममा विभिन्न प्रतिष्ठान र पूर्वाधारमा भएका क्षतिका कारण आफ्नो जागिर र जीविकोपार्जन गुमाएका हजारौँ कामदारसँग ऐक्यबद्धतासमेत जनाएको छ । 

‘यस्तो परिस्थितिमा अन्तरिम सरकारले कामदारको एजेन्डालाई आफ्नो प्राथमिकतामा राख्नुपर्छ, कामदार र उनीहरूका परिवारका लागि जागिरको सुरक्षा सुनिश्चित गर्न आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ ।

आईटीयूसी एसिया प्रशान्तले प्रदर्शनका क्रममा ज्यान गुमाएका नेपाली नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यसैगरी, आईटीयूसी एसिया प्रशान्तले नेपालको अन्तरिम सरकारले तोकिएको समयमा निर्वाचन सम्पन्न गरेर लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरेको छ । 

आईटीयूसी एसिया प्रशान्त क्षेत्रमा ३६ देशका ६२ ट्रेड युनियन संस्था आबद्ध रहेका नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले जानकारी दिए। उनका अनुसार उक्त महासङ्घअन्तर्गत रु छ करोडभन्दा बढी सदस्य छन् । 

आईटीयुसीमा नेपालबाट नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाली ट्रेड युनियनको जनरल फेडरेसन आबद्ध रहेका महासचिव राईले बताए। 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ६ : २० बजे

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले